Comments Add Comment

मोटरसाइकलमा पेट्रोल भर्दा पेट्रोल पम्पमा आगलागी

२२ असोज, धनगढी । कैलालीको अत्तरिया नगरपालिकास्थित अम्बर आयल स्टोरमा आज बिहान आगलागी भएको छ ।

Butwal-Aago
फाइल फोटो

बा६७प५०२३ नंको मोटरसाइकलमा पेट्रोल भर्दै गर्दा अचानक लागेको आगो पम्पमा समेत सल्किएको थियो । पेट्रोल पम्प स्थानीय व्यापारी जयप्रकाश मोहपालको रहेको बुझिएको छ । बिहान ७ः३० बजे भएको आगलागीबाट मोटरसाइकलका साथै पेट्रोल पम्प जलेर क्षतिग्रस्त भएकोे इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

जलेको मोटरसाइकल सोही ठाउँका टेक कुँवरको रहेको बताइएको छ । आगलागीबाट पुगेको क्षतिको यकिन विवरण आउन बाँकी छ । प्रहरी र धनगढी उपमहानगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment