Comments Add Comment

पानीमा भिज्दै चन्द्रागिरीमा मन्त्रीदेखि स्वामीसम्म 

उपत्यकाबासीको दशैं-गन्तव्य बन्यो चन्द्रागिरीको केबलकार

Chandragiri 1

२३ असोज, काठमाडौं । आइतबार राजधानीको मौसम दिनभरसम्म खासै प्रतिकूल थिएन । तर, दिउँसो थानकोट कटेर चद्रागिरीसम्म पुग्दा सिमसिम पानी परिरहेको थियो । र, त्यही ठाउँमा स-परिवार भेटिए स्वास्थ्य मन्त्री गगन थापा ।

केहीबेरपछि केबलकार चढेर चन्द्रागिरी डाँडाको भालेश्वर मन्दिरमा पुग्दा ओशो तपोवनका स्वामी आनन्द अरुण भेटिए । सेतो कुहिरोको उडानसँगै झमझम वर्षा भइरहेको थियो । पानीको खासै पर्वाह नगरी स्वामीजी काठमाडौं उपत्यका एवं आसपासका डाँडाहरु नियालिरहेका थिए चन्द्रागिरीबाट । तथापि डम्म कुहिरो र बिहानैदेखि परेको पानीका कारण वरिपरिको दृश्य देख्न सहज थिएन ।

स्वास्थ्यमन्त्री गगन थापा बिहानै परिवारजन र छोराछोरीलाई केवलकार चढाउन र दशैंको अवसरमा छोटो घुमघाम गराउन चन्द्रागिरी पुगेका थिए । व्यस्त जीवनका वीच गगनलेजस्तै आइतबार हजारौं उपत्यकाबासीले चन्द्रागिरीको गन्तव्यलाई रोजे ।

आइतबार महाअष्टमीका दिन चन्द्रागिरीमा केवलबार चढ्नेहरुको भीड धेरै ठूलो थियो । दशैंमा उपत्यकामै रहेका र मोफसलतिर नगएकाहरु अष्टमीको दिन पारेर चन्द्रागिरीतर्फ लागेका हुन् । सबैको ध्यान उपत्यका नजिकै रहेको केबलकारमा भएकाले आइतबार यति ठूलो भीड थियो कि टिकट काटेर केबलकारसम्म पुग्नका लागि एकघण्टा भन्दा बढी लाइनमा बस्नुपर्ने अवस्था थियो । डाँडाको फेदैभरि देखिएको गाडी पार्किङले नै बताउँथ्यो आइतबारको भीड । स्थानीयवासीका अनुसार यस्तो भिड विगतमा कमै देखिने गरेको थियो ।

डाँडामा रहेको वालबच्चाहरु खेल्ने पार्कमा पानी जमेकाले धेरै केटाकेटीले रमाइलो गर्न सकेनन् । कतिपय केटाकेटी भिज्दै खेलिरहेका देखिन्थे ।
खाना खाने ठाउँमा पनि यति ठूलो लाइन थियो कि एक प्लेट ममका लागि करिब एक घण्टासम्म संघर्ष गर्नुपर्ने अवस्था थियो । एकातिर झरी, अर्कातिर भीडका कारण मानिसहरुले डाँडामा पुगेर पर्याप्त मनोरञ्जन गर्न नसकेको प्रष्ट हुन्थ्यो ।

Chandragiri 3बिहानभन्दा बेलुकाखेरि भीड केही पातलिएको थियो । मौसम पनि ३ बजेपछि केही खुलेको थियो । जसले गर्दा विहान केवलकार चढ्नेहरुले भन्दा बेलुकाखेरि जानेहरुले केही सहज महसुस गर्न पाए । चन्द्रागिरीको पहाडमा झमझम पानी परे पनि त्यहाँबाट तल काठमाडौं उपत्यकाचाँहि घमाइलो थियो ।
थानकोट नजिकैबाट चन्द्रगिरीसम्म केबलकार चढ्नका लागि वयस्कलाई दोहोरो टिकटवापत ७ सय रुपैयाँ लाग्छ । स्थानीयवासी, अपाङ्ता भएका व्यक्ति, विद्यार्थी र ६० वर्ष कटेका ज्येष्ठ नागरिकले २५ प्रतिशत छुट पाउँछन् ।

त्यस्तै ४ फिट उचाइ भएका वालवालिकाले ४० प्रतिशत छुट पाउँछन् । तीन फिट भन्दा कम उचाइ भएका वालवालिकालाई केवलकार चढेको शुल्क लाग्दैन ।
राजधानीको धुलो मैलो र व्यस्तताबाट मुक्त हुने उद्देश्यले चन्द्रगिरीमा केवलकार चढ्न जाने क्रम बढेको आइतबारको भीडले स्पष्ट पारेको छ । केवलकार सञ्चालकहरुका अनुसार दशैंको टीकाका दिन केवलकार बन्द रहनेछ भने अरुबेला दैनिक सञ्चालन हुनेछ ।

chandragiri-2

chandra-giri-2

chandragiri-3

यो पनि पढ्नुहोस्

आहा ! चौध मिनेटमै चन्द्रागिरी !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment