Comments Add Comment

यसरी वित्दैछ कलाकारको दशैं

संचिता लुइटेल

sanchita luitel (19)
म दशैंमा नवरथाभरी व्रत बस्दै आएकी छु । यसपटक भने यो निरन्तर नै रहेको छ । बुबाआमा र आफन्तको हातबाट टिका लगाएर आर्शिवाद थाप्दा दशैको मज्जा नै बेग्लै लाग्छ । यसपटक त मेरो दशै र तिहार नै चलचित्र राधाको प्रमोशनमा वित्छ ।

रेखा थापा
rekha thapa
मलाई दशै एकदमै मनपर्छ । अरु बेलामा काममा नै व्यस्त भएकाले पनि यो समयमा फुर्सद हुन्छ । यसैले पनि दशैका बेला आफन्त, परिवारसँग समय बिताउन पाउने भएकाले मन फुरुङ्ग हुन्छ । यसपटक पनि मेरो दशै परिवारसँग नै वित्छ । मलाई दशैमा टीका थाप्दा र आर्शिवाद लिन सबैभन्दा बढी मनपर्छ ।

विराज भट्ट
biraj-bhatta
यस अगाडिका केही दशैमा भारत भएकाले पनि खासै रमाइलो हुन पाएन । यसपटक भने दशैमा नेपालमा नै हुनेछ । परिवारसँग दशै मनाउन पाएकाले पनि एकदैम खुशी लागेको छ । दशैमा धनगढी जाने सोच पनि छ । तर, धनगढी नगएको खण्डमा काठमाण्डौमा नै धुमधामले मनाउनेछु । भारतले दशै पर्वलाई उच्च महत्व नदिने हुँदा पनि नेपालमा हुँदा दशैको मज्जा नै बेग्लै हुन्छ ।

सौगात मल्ल
saugat-malla
चलचित्र लालपूर्जाको छायांकनबाट विश्राम लिएर दशैमा काठमाण्डौ आएको छु । मेरो सबै परिवार नै काठमाण्डौमा नै भएकाले दशैमा घर गइँदैन । मलाई दशैमा साथीभाई भेटघाट, खानपिन र रमाइलो नै आनन्द लाग्छ । अरु बेला काममा व्यस्त भइन्छ । केही दिन भएपनि आराम गर्न पाइन्छ । मलाई दशै पर्व उल्लासमय तबरले मनाउन मन लाग्छ ।

झरना थापा
Jharana Thapa (1)
यसपाली चलचित्र ‘ए मेरो हजुर २’को छायांकन परेकाले पनि दशैमा ध्यान त गएको छैन । तर, दशै मेरो मनपर्ने पर्वमा एउटा हो । ठूलाबडाको हातबाट आर्शिवाद लिएर जमरा लगाउँदा खुबै आनन्द आउँछ । दशैको दिनमा पिङ खेल्नैपर्ने मेरो बानी छ । यसपटक पनि टिकाको दिनमा पिङ खोजेरै भएपनि खेल्छु ।

गजित बिष्ट
gajit bista
यसपटकको दशैमा त काठमाण्डौमा नै रमाइलो गरिन्छ । ममीको हातबाट टिका पनि लगाइन्छ । छोरा, छोरी, श्रीमति, भाई सबैसँग बसेर दशै मनाउँदा निकै रमाइलो लाग्छ । घरमा टिका लगाएपछि विराटनगरमा पनि टिका लगाउन जाने योजना छ । थोरै भएपनि जुवा र साथीभाइसँग रमाइलो गर्ने त सधैको जस्तै भैहाल्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment