+
+
Shares

यी सुपरस्टारसँग छ ३६९ वटा कार

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २४ गते १४:५६

mamuti
पत्याउनुहुन्छ, भारतका एक सुपरस्टारसँग ३६९ वटा कार छ । हलिउड हुन् या बलिउडका चर्चित कलाकार नै किन नहुन्, अधिकांश गाडीका सौखिन छन् । बजारमा भित्रने महंगा कार किन्न उनीहरु तछाडमछाड नै गर्छन् ।

मलयालम तथा तमिल चलचित्रका सुपरस्टार ममुटीसँग ३६९ वटा कार छ । उनले आफ्नो कार राख्नका लागि छुट्टै ग्यारेज नै बनाएका छन् । उनी आफै कार ड्राइभ गर्न रुचाउँछन् ।

केही बर्ष अगाडि उनले मारुती-८०० किन्ने इच्छा राखेका पनि थिए । देशमै पहिलो पटक आफूले यो कार किन्ने उनको भनाई थियो । उनका अनुसार जगुआर एक्सजे एल पछिल्लो ब्रान्ड हो । उनका अधिकांश कारको नम्बर नै ३६९ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?