Comments Add Comment

राजधानीबासीलाई टिप्सः दशैंमा बिरामी भए कहाँ जाने ? एम्बुलेन्स कता खोज्ने ?

birami

२५ असोज, काठमाडौ । दशैंमा खानपानमा जति हामी केन्दि्रत हुन्छौं, हामीले आˆनो स्वास्थ्यमा पनि उतिकै धयान दिनु पर्ने हुन्छ ।

तर कहिलेकाहीँ हामीले हाम्रो स्वास्थ्यमा ध्यान दिँदादिँदै पनि विभिन्नखाले जटिल समस्या उत्पन्न हुन पुग्दछन् । त्यस्तो बेला हामीलाई कहाँ जाने, कुन अस्पताल खुला छ, कहाँ के सुविधा पाइन्छ भन्नेबारे जानकारी नहुँदा बिरामी तथा आफन्तलाई अस्पताल लग्न समस्या पर्ने गर्दछ ।

यसबाट बच्नका लागि तपाईले आपतकालीन अवस्थामा राजधानीका यी अस्पतालहरुमा सम्पर्क गरी विरामीको उपचार गराउन सक्नु हुन्छ

वीर अस्पतालः

मुलुककै नेपालकै जेठो अस्पतालको रुपमा रहेको वीर अस्पतालले हरेक दिन गरीब निमुखादेखि  भीभीआईपीसम्मलाई लक्षित गरी विभिन्न सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।

तर, नेपाल सरकारले दशैंको उपलक्ष्यमा फुलपातीदेखि द्वादशीसम्म देशभरका सबै सरकारी तथा निजी कार्यालयहरुलाई विदा दिने गरेको छ ।

त्यही अवसरमा दशैं अवधिभर वीर अस्पताल समेत बन्द रहनेछ । यद्यपि वीरले दशैंको विदा अवधिभर ओपीडी सेवा बाहेकको इमर्जेन्सी सेवा २४ अै घण्टा खुला रहने बताएको छ ।

‘विदाको समयमा कसैलाई गार्‍हो अप्ठेरो परेका सिधै इमर्जेन्सी कक्षमा आएर उपचार सेवा लिन सक्नेछन्’ अस्पतालका मेडिकल डाइरेक्टर डा.भुपेन्द्रबस्नेतले भने,’अन्यथा अस्पताल खुला हुञ्जेलका लागि प्रतिक्षा गर्नु पर्नेछ’ ।

उनले इमर्जेन्सीमा आएका विरामीको अकस्मात शल्यक्रिया गर्नुपरेमा चिकित्सकहरु तयारी अवस्थामा रहेको जानकारी दिए । त्यसबाहेक अस्पतालले विरामीको भर्ना लिने, डिस्चार्ज गर्ने लगायतका काम निरन्तर गर्नेछ ।

सिभिल अस्पतालः

सरकारी अस्पतालमध्यको सबैभन्दा नयाँ मानिएको सिभिल अस्पतालमा समेत दशैको विदामा ओपिडी सेवा बाहेकका इमर्जेन्सी सेवा सबै उपलब्ध हुनेछ ।

विशेष गरी इमर्जेन्सी सेवा अन्तर्गतका विरामी चेक अप, प्याथोलोजी जाँचदेखि इमर्जेीसी अपरेशनसम्मका सबै सुविधा अस्पतालले उपलब्ध गराउने सिभिल अस्पतालका मेडिकल डाइरेक्टर डा. विमल थापा बताउँछन् ।

कान्ति बाल अस्पतालः

बालबालिकाको उपचारका लागि नाम चलेको कान्ति बाल अस्पताल पनि दशैंमा तीन दिन बनद रहन्छ । यस बेला विरामीले कान्ति बाल अस्पतालमा ओपिडी सेवा बाहेकका अन्य सबै सेवा पाउनेछन् । जस अनतर्गत अधिकतम सेवा इमर्जेन्सी सेवा अन्तर्गत पर्दछ ।

आकस्मिकरुपमा अस्पताल भर्ना हुने विराम, शल्यक्रिया गरिने बिरामीलाई दशैको विदामा अस्तापको मजेनसी ससेवामा लग्न सकिने अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोदमान श्रेष्ठ बताउँछन । उनका अनुसार दशैंको विदा अवधिभर अस्पतालको ओपिडी सेवा तीन दिन अर्थात नवमी, दशमी र एकादशी बन्द रहनेछ ।

एम्बुलेन्स सेवा

दशैंको समयमा सबैजना घर जाने हुदाँ चाहिएको बेलामा गाडी तथा एम्बुलेन्स नपाउन सक्छ । त्यस्तो बेलामा आवश्यक परेको खण्डमामा अस्पतालका एम्बुलेन्स त हुन्छ  नै । त्यसबाहेक १०२ मा फोन गर्नु भयो भने पनि तपाईले तत्काल एम्बुलेन्सको सुविधा पाउन सक्नु हुनेछ । यो नम्बरमा फोन गर्दा कुनै पनि शुल्क लाग्दैन ।

यसबाहेक पत्रपत्रिकामा उल्लेख भएका नम्बरमा फोन गरेमा पनि तपाईहरुले एम्बुलेन्स सेवा पाउन सक्नु हुनेछ । जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिका अनुसार काठमाडौ जिल्लामा विभिन्न संघसंस्था तथा अस्पतालद्वारा सञ्चालित १७८ एम्बुलेन्स हाल सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment