Comments Add Comment

दशैं-राजनीतिः शीतलनिवासमा गणतन्त्रवादी, निर्मलनिवासमा राजावादी !

प्रधानन्याधीशले राष्ट्रपतिसँग टीका थापिन्, कमल थापाले ज्ञानेन्द्रसँग

Sital-niwas-tika

२५ असोज, काठमाडौं । सडकको लम्बाइ नाप्ने हो भने शीतलनिवास र निर्मल निवासको दुरी खासै धेरै छैन । तर, राजनीतिमा यी दुई स्थलवीच निकै ठूलो सीमान्तर छ, एक नदीका दुई किनाराजस्तै । मंगलबार अपरान्ह यी दुई राजनीतिक केन्द्रमा झट्ट हेर्दा उस्तै लाग्ने तर फरक-फरक अर्थ र आशय बोकेका दृश्य देखिए । Nirmal-niwas-Tika
दशैंको प्रारम्भदेखि नै चाडबाड एवं परम्परा धान्नका लागि एकापसमा होडबाजीजस्तै गर्दै आएका राष्ट्रपति र पूर्वराजावीच दशैंको टीकाका दिनमा पनि उस्तै प्रकारको होडबाजी देखियो ।
मंगलबार विजयादशमीका दिन गणतन्त्रवादीहरु एवं सरकारी अधिकारीहरु राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीकाग्रहण गर्न शीतलनिवासमा लाइन लागे । राजावादीहरु चाँहि पूर्वराजा ज्ञानेन्द्र शाहका हातबाट टीका थाप्न निर्मल निवासमा लामवद्ध भए । शीतलनिवास र निर्मलनिवास दुबैतिर साँझसम्म टीकाटालो चल्यो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जस्तै पूर्वरानी काेमलले पनि लाइन लागेका सर्वसाधारणलार्इ टीका  लगाइदिइन् ।
Sital-niwas-2

nirmal-niwas-tika-2

राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले पूर्वराजाका हातबाट टीका थापे । प्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपतिका हातबाट टीका लगाइन् । साथै उच्चपदस्थ सरकारी अधिकारीहरु र गणतन्त्रमा आस्था राख्ने सर्वसाधारण नागरिकले शीतलनिवास पुगेर टीका ग्रहण गरे ।

बालकोटमा बेग्लै समारोह

उता एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित निवास पनि निर्मल निवास वा शीतल निवासभन्दा कम देखिएन । एमाले अध्यक्ष ओलीले आफ्ना कार्यकर्ता र समर्थहरुलाई टीका लगाइदिए ।

KP oli Balkot
पूर्वप्रधानमन्त्री ओलीले विहान १० देखि १२ बजेसम्म निजी निवास बालकोटमा परिवार तथा आफन्तलाई टीका लगाएका थिए । त्यसपछि दिउासो ३ बजेदेखि र पार्टीका इच्छुक नेता तथा कार्यकर्ता र इच्छुकहरुसाग ‘टीका लाउने र लाइदिने’ कार्यक्रम छ गरिएको थियो ।

राष्ट्रपति भण्डारीले आफ्ना काका खगेन्द्र पाण्डेबाट टीका ग्रहण गरेकी थिइन् । त्यसअघि हनुमानढोका दशैंघरका मूल पूजारी देवराज अर्याल र राष्ट्रपतिको कार्यालयमा दूर्गा स्थापना गर्ने पण्डित खेमचन्द्र ढकालले अभिषेक गरेका थिए ।

राष्ट्रपतिका हातबाट पूर्वप्रधानमन्त्री केपी शहर्मा ओलीले पनि टीका लगाएका थिए । त्यसैगरी न्यायाधीशहरु, सांसद, संवैधानिक निकायका पदाधिकारी, विश्वविद्यालयका उपकुलपति, उद्योगी व्यवसायी, पत्रकार तथा नागरिक समाजका अगुवालाई राष्ट्रपतिले टीका लगाइदिइन् ।

राष्ट्रपतिले अपाङ्गता भएका दृष्टिविहीन रत्नबहादुर खरेललाई दशैंको अवसरमा ह्वील चेयर प्रदान गरेको राष्ट्रपति कार्यालयका उपसचिव हरिप्रसाद दवाडीले जानकारी दिए ।

थप तस्वीर
pradhan nyayadhis (1)

khagendra pandey (1)

Kamal thapa

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment