Comments Add Comment

मुस्ताङजस्तै देखिने अफगानिस्तानको वाखी  (फोटो फिचर)

तालीवानी द्वन्द्वग्रस्त क्षेत्रभित्रको शान्त गाउँ

Bakhi gaun afagan (9)

ताजिकिस्तान र पाकिस्तानको बीचमा एउटो साघुँरो क्षेत्र फैलिएको छ, जुन अफगानिस्तानको भूमि हो  । यो अफगानी गाउँमा तालिवानी विद्रोहीले आफ्नो नियम लादन संघर्ष गरिरहेका छन् ।

बाखान कोरिडोर भनिने यस गाउँमा १२ हजार गाउँले बस्छन् । ४५ सय मिटरको उचाइमा पर्ने उक्त क्षेत्रको भूभाग निकै विकट तथा कठिन छ ।

वाखान कोरिडोरमा बस्ने मानिसहरुलाई वाखी भनिन्छ । यिनीहरु निकै सामान्य तथा आनन्दको जीवन बिताइरहेका छन् । गाईवस्तु पाल्छन् । उनीहरुलाई अफगानिस्तानको केन्द्र सरकारको व्यवस्थाका बारेमा खासै जानकारी छैन ।Bakhi gaun afagan (11)

कतिपय गाउँलेलाई त अफगानिस्तानमा कुनैबेला तालिवान शासनमा थियो र अमेरिकी सेनाले हस्तक्षेप गर्यो भन्ने पनि थाहा छैन । तर, यो क्षेत्रमा हालैमात्र अफगान सरकारको ध्यान पुगेको छ र साहसिक पर्यटनका लागि पश्चिमा पर्यटकहरुलाई भित्राउन उत्प्रेरित गरिरहेको छ ।

यो क्षेत्रमा पुग्नका लागि द्वन्द्वग्रस्त क्षेत्र हुँदै जानुपर्दछ र निकै जीर्ण तथा पुरानो बाटोमा गाडी गुडाउनुपर्दछ ।

 

वाखी गाउँमा झण्डै २ हजार वर्षअघि वस्ती बसेको विश्वास गरिन्छ । यहाँका बासिन्दाको प्रमुख पेशा कृषि हो र सबैले चौरीगाई पालेका छन् । पर्वतीय क्षेत्रमा वर्षको ६ महिना हिउँ पर्छ ।

उक्त क्षेत्रको सबैभन्दा ठूलो पर्यटकीय आकर्षण भनेको पामिरी घर हो । उक्त परम्परागत घरलाई चिड भनिन्छ । ढुंगा र प्लास्टर प्रयोग गरी यस्ता घर बनाइन्छ र हरेक घरमा आत्मीक तथा परम्परागत विशेषता झल्काउने कलाको प्रयोग गरिएको हुन्छ ।Bakhi gaun afagan (1)

घरका हरेक कोठामा पाँचवटा पिल्लर हुन्छन् । पाँचवटा पिल्लरलाई इस्लाम धर्मका पाँच खम्बाको प्रतीकका रुपमा लिइन्छ । ग्राण्ड पामिर पर्वतीय क्षेत्रमा फिरन्ते वाखी आदिवासीहरु बस्छन् ।

प|mान्सेली फोटोग्राफर इरिक ल्याफोर्जले बाहिरी विश्वसँग कममात्रै परिचित यो क्षेत्रको गत अगष्टमा भ्रमण गरे । तस्वीरमा हेरौँ वाखीको मनमोहक दृश्य तथा परम्परा ।

Bakhi gaun afagan (2) Bakhi gaun afagan (3) Bakhi gaun afagan (4) Bakhi gaun afagan (5) Bakhi gaun afagan (6) Bakhi gaun afagan (7) Bakhi gaun afagan (8) Bakhi gaun afagan (10) Bakhi gaun afagan (12) Bakhi gaun afagan (13)

डेलीमेलबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment