Comments Add Comment

प्रियंकाको पहिरनमा विवाद

priyanka chopra hot
एक म्यागेजिनका लागि नायिका प्रियंका चोपडाले लगाएको पहिरनमा चर्को विरोध भैरहेको छ । प्रियंकाले लगाएको टिसर्टमा शरणार्थीहरुलाई असंवेदना देखाउँदै उनीहरुको भावनामा ठेस पुर्‍याइएको भन्दै आलोचना भैहरेको छ ।

नायिका चोपडाले लगाएको टिसर्टमा रिफ्यूजी, आउटसाइडर र इमिग्रेन्ट शब्द काट्दै ट्राभलरलाई मात्र स्थान दिइएको छ । योसँगै प्रियंका र म्यागेजिनको चर्को आलोचना ट्विटरमा भैरहेको छ ।

यो कभर तस्बिरले बिबाद खडा गरेपछि म्यागेजिनले स्पष्टिकरण दिएको छ । रिफ्यूजीहरुको भावनामा ठोस पुर्‍याउने काम आफूहरुको नभएको भन्दै म्यागेजिनले जारी गरेको विज्ञप्तीमा प्रवासी, विदेशी र रिफ्यूजीलाई भेदभाव नगर्न भन्दै सन्देश दिइएको उल्लेख छ ।

विज्ञप्तीमा हरेक प्रकारका मानिसलाई जुन स्थानमा पनि घुम्नका लागि स्वतन्त्रता दिनुपर्ने बताइएको उल्लेख छ । ‘प्रियंकाको टाँपमा लेखिएको शब्दको अर्थ हरेक सिमालाई तोडेर दुनियाँलाई राम्रो नजरले देख्न आवश्यक छ’, विज्ञप्तीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment