+
+

जीवराज आश्रित पत्नी मायालाई घर

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २९ गते ७:३२

२९ असोज, काठमाडौं । दासढुंगा दुर्घटना भएको २३ वर्षपछि जीवराज आश्रति पत्नी माया ज्ञवालीले नयाँ घर पाएकी छिन् । लामो समयदेखि माया चावहिलमा डेरामा बस्दै आएकी थिइन् ।

maya gyawali२०५० साल जेठ ३ गते दासढुंगामा भएको रहस्यमय दुर्घटनामा परी एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रिको निधन भएको थियो ।

एमालेका तत्कालीन महासचिव मदनकी पत्नी विद्या भण्डारी भने अहिले राष्ट्रपति छिन् । एमाले काठमाडौं जिल्ला समितिले विभिन्न क्षेत्रबाट सहयोग जुटाएर ज्ञवालीका लागि घर बनाएको अाजको अन्नपूर्णमा समाचार छ ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले शुक्रबार उनलाई घर हस्तान्तरण गरे । घर प्राप्त गरेपछि मयाले सहयोग गर्ने पार्टी र दातालाई धन्यवाद दिइन् ।

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सहिद परिवारलाई जग्गा उपलव्ध गराउने निर्णय गरेअनुरुप मायालाई सरकारले जग्गा उपलव्ध गराएको थियो । तर आर्थिक अवस्था कमजोर भएकाले मायाले घर बनाउन सकेकी थिइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?