Comments Add Comment

प्रियंकाले भनिन्ः पाकिस्तानी कलाकारलाई बलिको बोको नबानाऔं

priyanka chopra hotमुम्बई । बलिउडमा कार्यरत पाकिस्तानी कलाकार अहिले बलिउडमा बहसको विषय बनेका छन् । उडीमा पाकिस्तानी सेनाले भारतीय सेनलाई आक्रमण गरेपछि केही कलाकारले पाकिस्तानी कलाकारलाई बलिउडवाट गलहत्याउनु पर्ने सुझाब दिएका छन् त केहिले पाकिस्तानी कलाकारले बलिउड फिल्ममा काम गर्दा आपत्ति नहुने टिप्पणी समेत गरेका छन् ।

यस विषयमा मौन बस्दै आएकी प्रियंका चोपडाले पनि मुख खोलेकी छिन् । पाकिस्तानी कलाकारलाई ब्याण्ड गर्नुपर्छ पर्दैन उनले स्पष्ट जवाफ दिएकी छैनन् । तर, प्रश्न गरेकि छिन् किन ब्यबसायी, राजनितीज्ञ र डक्टरहरुको वारेमा कुरा गरिंदैन ?’

अहिलेसम्म कुनै पनि पाकिस्तानी कलाकारले कसैको हानी नगरेको भन्दै उनले कलाकारलाई बलिको बोको बनाउन नहुने कुरा गरिन् । आफ्नै सैनिक जवानको सुरक्षाका लागि सोच्नुपर्ने भन्दै विषय भन्दा बाहिर गएर बहस गर्नु उचित नहुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment