२ कात्तिक, काठमाडौं । नेपाल बायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विभिन्न प्राविधिक पदहरुका लागि दरखास्त आह्वान गरेको छ । बायु सेवा निगमले ७३ जना प्राविधिकको पदपूर्ति गर्ने गरी जागिर खोलेको हो ।
निगमले ९ जना सिनियर क्याप्टेन (बिमान चालक), ७/७ जना क्याप्टेन र जुनियर क्याप्टेनका लागि दरखास्त मागेको छ ।
यस्तै एक बरिष्ठ प्राविधिक अधिकृत (मेकानिकल र अटोमोबाइल), ६ बरिष्ठ प्राविधिक अधिकृत (एयर फ्रेम र इन्जिन) र ६ एभियोनिक्स अधिकृत मागेको छ । उनीहरुले विमान मर्मतको लागि काम गर्नुपर्नेछ ।
यसैगरी यस्तै बरिष्ठ प्राविधिकदेखि जुनियर फ्लाइट डिस्प्याचर, सिभिल ओभर सिययर, ग्राउण्ड इक्वीपमेन्ट अपरेटर, पेन्टर प्राविधिक, टेलर प्राविधिक, जनरल टुल्स टेक्निसियन लगायतका पदमा पनि जागिर खुलेको छ ।
पदअनुसार फरक-फरक शैक्षिक योग्यता मागिएको छ । आजबाट २१ दिनभित्र जागिरका लागि दरखास्त दिन सकिने निगमले जनाएको छ ।
(यो पनि पढ्नुस्ः बायु सेवा निगमले माग्यो अधिकृतदेखि सहायकसम्म )
निगमको विज्ञापन हेर्नुस्
प्रतिक्रिया 4