+
+
Shares

सलमानको कालो हरिण काण्ड फेरि बल्झियो

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २ गते १२:२४

मुम्बई । कालो हरिण शिकारको अभियोगमा सफाई पाएका सलमान खानको सोही मुद्दा फेरि बल्झिने भएको छ ।

कालो हरिण शिकारको सम्बन्धमा हाइकोर्टको फैशला बिरुद्ध राजस्थान सरकारले सुपि्रम कोटमा स्पेशन अपिल गर्ने भएको छ । यदि सुपि्रम कोटले सलमानले हरिणको शिकार गरेको ठहर गर्‍यो भने सलमानलाई जेल सजाय समेत हुन सक्छ ।

दिवालीपछि सुप्रीम कोटले कालो हरिण शिकारको विषयमा सुनुवाई सुरु गर्ने भएको छ । तल्लो अदालतले सलमानलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो भने हाइकोर्टले सलमानलाई सफाई दिएको थियो । अहिले राजस्थान सरकार हाइकोर्टको फैशला चित्त नबुझेको भन्दै सुपि्रम कोर्ट गएको छ ।

चलचित्र ‘हम साथ साथ है’ को सुटिङको क्रममा सन १९९८ मा जोधपुरमा सलमानले कालो हरिणको शिकार गरेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?