Comments Add Comment

नेपाली प्रवासी तराई-मधेस मञ्जको अधिवेशन कतारमा हुने

दोहा । नेपाली प्रवासी तराई-मधेस मञ्चको पहिलो अधिवेशल आगामी शुक्रबार कतारको दोहामा हुने भएको छ ।

Madhesi-Manch-Qatarप्रवासी तराई-मधेस मञ्च तराई मधेस लोकतान्त्रिक पार्टीको भातृ संगठन हो । मधेसीहरुको हकहितको संरक्षण, आपसी सहयोग र एकता सुदृढीकरण तथा मधेशी, थारु, आदिवासी-जनजाति, दलित, पिछडावर्गको समानता, समावेशी समानुपातिकता र राज्यका अंगहरूमा जनसंख्याको आधारमा प्रतिनिधित्त्वको लागि प्रवासबाट सहयोग गर्न मञ्चको स्थापना गरिएको हो ।

मञ्चका अध्यक्ष अहमद्दीन खानले यस अधिवेशनले मञ्चको घोषित उद्येश्य र लक्ष्यपूर्तीको लागि चलाइने अभियानलाई मद्दत गर्ने बताए । प्रथम अधिवेशनले मञ्चको संगठन विस्तारका साथै आपसी एकतामा समेत बल पुर्याउने मञ्चका कार्यसमितिका सदस्यहरुले विश्वास व्यक्त गरेका छन् ।

यस अधिवेशनले आफ्नो नयाँ कार्यसमितिको गठन समेत गर्ने बताइएको छ । नेपाल प्रवासी तराई-मधेश मञ्च दोहा कतार पहिचान, स्वाभिमान र सम्मानको नारा साथ प्रथम अधिवेशनबाट नयाँ चरणमा प्रवेश गर्ने बताइएको छ ।

अधिवेशनको तयारी अन्तिम चरणमा पुगिसकेको छ । अधिवेशनलाई तराई-मधेश लोकतान्त्रिक पार्टीको निर्वाचित उपाध्यक्ष एवं भातृसंस्था संयोजन तथा समन्वय विभाग प्रमुख वृषेशचन्ऽ लालले सम्वोधन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment