Comments Add Comment

अख्तियार प्रमुखको कुर्सीमा दीप बस्न्यात

४ कात्तिक, काठमाडौ । लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव गर्दा भएर उनी निलम्बित भएसँगै आयुक्त दीप बस्न्यातले विहीबारदेखि कार्यवाहक अख्तियार प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

Deep-Basnyatअख्तियार प्रवक्ता गणेश कार्कीका अनुसार प्रमुख आयुक्त निलम्बित भएसँगै आयुक्त बस्न्यातले प्रमुख कार्यवाहक आयुक्तको काम थालेका हुन् ।

अनलाइनखबरको जिज्ञासामा प्रवक्ता कार्कीले भने, संविधानमै प्रमुख आयुक्त निलम्बित भएको अवस्थामा बरिष्ठताका आधारमा रहेका आयुक्त कार्यवाहक प्रमुख हुने व्यवस्था छ, संवैधानिक आयोग संविधानअनुसार नै चल्छ ।’

आयुक्त दीप बस्न्यातले आजैबाट काम थालेको प्रवक्ता कार्कीले बताए ।

को हुन् दीप बस्न्यात ?

दीप बस्न्यात निजामति सेवामा सचिवबाट अवकाश पाएका व्यक्ति हुन् । निजामति सेवामा रहँदा अतिरिक्त कमाउ हुने कार्यालय भनेर चिनिएका कार्यालयहरुमा बसेका बस्न्यात आफ्नो सेवाकै अवधिमा अख्तियारको छानविनमा परेका थिए ।

(हेर्नुहोस् प्रमाण- अख्तियारभित्रै लोकमानको मुद्दा १२ वर्षसम्म गुपचुप !)

कार्यवाहक अख्तियार प्रमुख बस्न्यात ०६१ कात्तिक ३ गतेसम्म भन्सार कार्यालयका महानिर्देशक थिए । उक्त दिन उनी विरुद्ध अख्तियारमा मुद्दा परेको थियो । बस्न्यात विरुद्धको उक्त मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिलेसम्म पनि तामेलीमा राखेको छ । बस्न्यात निजामति सेवामा रहँदा निकै विवादित पात्र हुन् । तर, उनी दलीय भागवण्डाका आधारमा राप्रपा र नेपाली कांग्रेसको सोर्स लगाएर अख्तियारमा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment