+
+
Shares

लोकमानको सम्पत्ति रोक्का गर्न युवासंघको माग

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ४ गते १७:१७

४ कात्तिक, काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको चल अचल सम्पत्ति रोक्का गरी छानविन गर्न सरकारसँग माग गरेको छ ।

Yuba-Sangh-Flagयुवा संघ अध्यक्ष दिलु पन्तद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ कि पञ्चायलकाल र राजाको प्रत्यक्ष शासनकालमा शक्तिको दुरुपयोग गरी कार्कीले कमाएको सम्पूर्ण सम्पत्ति रोक्का गरी छानविन सुरु गर्न सरकारसँग माग गर्दछौं ।

साथै युवा संघले अख्तियार प्रमुख कार्कीबिरुद्धको महाअभियोग प्रस्ताव संसदमा दर्ता भएकोमा स्वागत पनि व्यक्त गरेको छ । युवा संघले एमाले र माओवादी केन्द्रका गरी १५७ सांसदहरुको हस्ताक्षरसहित संसदमा पेश गरिएको महाअभियोग प्रस्तावको स्वागत गरेको हो ।

अख्तियार प्रमुखमा लोममानको नियुक्तिप्रति आफुहरुले सुरुवातदेखिनै आपत्ति जनाउँदै आएको उल्लेख गर्दै कार्यबाहक अध्यक्ष दिलु पन्तले जारी गरेको बिज्ञप्तिमा संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमा छिटो किनारा लगाइ कार्कीलाई बर्खास्त गर्न सघाउन सबै सांसदसमक्ष अपीलसमेत गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?