मुम्बई । भारत-पाकिस्तान कलाकार विवादको विषयमा अभिनेता अजय देबगणले पाकिस्तानी कलाकारलाई पुरै प्रतिबन्ध लाउन नहुने टिप्पणी गरेका छन् ।
‘मैले पनि केहि पाकिस्तानी कलाकार र गायकसँग काम गरेको छु’ मरो जीबनमा सबै भन्दा राम्रो संगीत नै पाकिस्तानी संगीतकार नुसरत फतेहले दिएका छन्’ उनले भने ।
पहिला मात्रै हैन भविष्यमा पनि पाकिस्तानी कलाकारसँग काम गर्न पर्ने अवस्था आउने बताए अजय देवगणले । तर, कोहि पाकिस्तानी कलाकारले भारतको बिरोधमा काम कुरा गरेमा भने आम बलिउड कलाकार भारतको पक्षमा उभिनुपर्ने टिप्पणी गरे ।
पत्नी काजोलसंगै मुम्बईमा आयोजित एक कार्यक्रममा सहभागी अजयले भारतमा जब राष्ट्रवादको कुरा आउछ सब एक हुन्छन् भन्दै राजनितीले बलिउडकर्मीलाई त्रसित बनाउने गरको टिप्पणी गरे ।
फिल्मकर्मीले कुनै राजनितीक दलको गलत कदम बिरुद्ध बोले मात्रै पनि फिल्मै प्रदर्शन हुन नदिने धम्कि दिने भएकाले पनि कलाकार राजनितीदेखि भयभित भएको उनको भनाई थियो ।
भारतीय समाज जस्तै बलिउड पनि विभाजित भएको टिप्पणी गर्दै धर्मको नाममा बलिउडमा कहिल्यै विवाद नभएको बताए । ‘हिन्दु, मुस्लिम, कृश्चियनलगायत धेरै धर्मप्रति आस्था राख्नेहरु छौं तर, कहिल्यै विवाद भएको छैन’ बलिउडकर्मी र इद र दिवाली संगै मान्ने गरेको उदहारण समेत दिए ।