Comments Add Comment

दिल्लीबाट नेपाल हेर्ने ८१ विदेशी मिसन

८ कात्तिक, काठमाडौं । नेपालले २९ मुलुकमा दूतावास, पाँच स्थानमा महावाणिज्य दूतावास र तीन स्थानमा संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि कार्यालय सञ्चालन गरिरहेको छ । काठमाडौंमा विभिन्न मुलुकका २७ दूतावास सञ्चालनमा छन् भने वीरगन्जमा भारतको महावाणिज्य दूतावास छ ।

Ministry-of-external-affair८१ मुलुकले गैरआवासीय रूपमा नेपालसँग कूटनीतिक सम्बन्ध सञ्चालन गरिरहेका छन् । यीमध्ये अधिकांश भारतको नयाँदिल्लीबाट र केही म्यानमारको पुरानो राजधानी रंगुनबाट सञ्चालित रहेको अाजको नयाँ पत्रिकामा समाचार छ ।

एक सय ४३ मुलुकसँग नेपालको दुईपक्षीय कूटनीतिक सम्बन्ध छ ।

सार्कमा भुटान, अफगानिस्तान र माल्दिभ्समा नेपाली दूतावास छैनन्, ती मुलुकले पनि दिल्लीस्थित दूतावासहरूबाट नेपालसँग कूटनीतिक सम्बन्ध सञ्चालन गरिरहेका छन् ।

दल्लीबाट नेपाल मामिला हेर्ने देशहरूमा अफगानिस्तान, अल्बानिया, अल्जेरिया, अर्जेन्टिना, अर्मेनिया, अस्ट्रिया, अजरबैजान, बहराइन, बेलारुस, बेल्जियम, भुटान, बोलिभिया, बोस्निया एन्ड हर्जगोभिना, ब्रुनाई दारुसलाम,हंगेरी, आइसल्यान्ड, इन्डोनेसिया, इरान, इराक, आयरल्यान्ड, इटली, जोर्डन, केन्या, कुवेत, जनगणतन्त्र लाओस लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment