Comments Add Comment

चैतमा निर्वाचन नभए मुलुक सङ्कटमाः गच्छदार

८ कात्तिक, भीमदत्तनगर । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आगामी चैतभित्र स्थानीय तहको निर्वाचन नभए मुलुक सङ्कटमा पर्ने बताएका छन् ।

Bijay-Gachhadarकञ्चनपुरको बेल्डाँडी नगरपालिका–५ चवन्नी बजारमा  पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले चैतभित्र स्थानीय तहको निर्वाचन गराउनुपर्ने बताए ।

सोह्रबुँदे सहमति गराएर आफूले नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई सहमतिमा ल्याएर संविधान जारी गराउन पहल गरेको बताउँदै नेता गच्छदारले तीनै ठूला दलका कारण मुलुकको अवस्था बिग्रिदै गइरहेको आरोप लगाए ।

सबै जातजाति र समुदायलाई सम्बोधन गरेर संविधान जारी भएको बताउँदै उनले संविधान कार्यान्यवनका लागि पनि चैतमा निर्वाचन गराउनुपर्ने धारणा राखे ।  “हाम्रो संविधान विश्वकै उत्कृष्ट छ,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment