+
+
Shares

धोका दिने मायालुलाई देखाउन यी युवकले भित्राए एकसाथ चार पत्नी

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ८ गते ७:५७

आफूलाई छाडेर जाने भुपु मायालुलाई देखाइदिनका लागि कुनै तन्नेरीले के सम्म गर्ला ? कतिले त झ्वाँकमा आत्महत्या तथा हत्यासम्मको बाटो पनि रोज्न सक्छन् ।

marriedतर कुवेतका एक युवकले भने धोका दिने मायालुलाई देखाइदिनका लागि एकसाथ चारवटी युवतीसँग बिहे गरेका छन् ।

नाम नखुलाइएका ती कुवेती युवाले एकसाथ चार युवतीसँग बिहे गरेका तस्वीरहरु अहिले खुबै भाइरल बनेका छन् ।

समाचार अनुसार ती युवककी प्रेमिकासँग केही समय पहिले ब्रेकअप भएको थियो । ब्रेकअप हुनेबेला प्रेमिकाले युवकलाई खुबै छेँड हानिछिन् र भविष्यमा तँ नामर्दसँग कोहीपनि केटीले प्रेम गर्नेछैनन् भनेर चुनौति दिइछिन् ।

भुपु प्रेमिकाको त्यस्तो चुनौतिलाई धुलो चटाउनका लागि आखिर युवकले एकवटी होइन एकैचोटी चारवटी युवतीसँग बिहे गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?