Comments Add Comment

कालिका अवार्डमा ‘सुर्के थैली खै’ हाबी

kumar-basnet-award

चितवनको लोकप्रिय रेडियो कालिका एमएमले आयोजना गर्दै आएको ‘कालिको म्युजिक अवार्ड’मा वरिष्ठ लोक तथा दोहोरी गायक कुमार बस्नेतलाई ‘कालिका लाईफ टाईम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको छ । उनलाई कालिका ग्रुपका निर्देशक निकोलस पाण्डेले सम्मान र अवार्ड प्रदान गरेका थिए ।

समारोहमा विभिन्न २६ विधामा म्युजिक अवार्ड पनि वितरण गरिएको छ । यो अवार्डको १२ औं संकरण हो । अवार्डमा चलचित्र ‘वडा नम्बर ६’ को ‘सुर्के थैली खै’ यस वर्षको ‘बेष्ट सङ् अफ दि ईयर’ बन्न सफल भएको छ । नेपाली चलचित्र गीत गायन महिलातर्फ ‘सुर्कै थैली’बाटै अन्जु पंन्त, शब्दमा राजनराज शिवाकोटी र सर्वाेत्कृष्ट संगीत संयोजनमा सोही गितबाट राजन ईशानले अवार्ड प्राप्त गरेका छन् ।

सर्वाेत्कृष्ट म्युजिक भिडियो तर्फको अवार्ड प्रदेशी नभन गीतबाट निकेश खड्काले प्राप्त गरेका छन् । यस्तै सर्वाेत्कृष्ट युगल गीतको अवार्ड सरोज ओली र इन्दिरा जोशीले प्राप्त गरेका छन् ।saroj-oli-award

यस्तै स्थानिय लोक दोहोरी कलाकारमा विशाल पौडेल, स्थानिय कलाकारमा प्रविण भण्डारी, नव प्रवेशी कलाकार लक्ष्मी नेपालीले कालिका म्युजिक अवार्ड प्राप्त गरे । सर्वाेत्कृष्ट लोेक दोहोरी पुरुषमा रामजी खाँड, महिलामा राधिका हमाल, लय संकलन रामजी खाँड र लोक दोहोरी शब्दमा विरही कार्कीले अवार्ड प्राप्त गरे ।bharat-sitaula-singing
यस्तै सर्वाेत्कृष्ट आधुनिक गीत गायन पुरुषमा रामकृष्ण ढकाल, आधुनिक गीत गायन महिलामा रजिना रिमाल, आधुनिक गीत संगीतमा राजकुमार बगर र शब्दमा दिलिप पियाले अवार्ड प्राप्तग गर्न सफल भएका छन् । नेपाली चलचित्रको गीत गायनतर्फ पुरुषमा युवराज चौलागाई, संगीतमा बसन्त सापकोटाले अवार्ड प्राप्त गर्न सफल भएका छन् ।

यस वर्षको कालिका पप गीत तर्फ पुरुषमा भरत सिटौला, महिलामा ईन्दिरा जोशी, शब्दमा रोशन भटट्राई, पप गीत संगीतमा शंकर स्माईल, सर्वाेत्कृष्ट ब्याण्डमा दि ऐज ब्याण्डले अवार्ड हात पार्न सफल भएका छन् । सर्वाेत्कृष्ट स्वदेश गान शिव परियार र धन्सी माधव धिमिरेले प्राप्त गरे भने सर्वाेत्कृष्ट गजलमा अजर जंगम र भुपेन्द्र महतले अवार्ड कब्जा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment