Comments Add Comment

‘धोनी’ चलेपछि सुशान्तले पारिश्रमिक बढाए, तर फिल्ममा होइन

sushant-singh-rajput
चलचित्र ‘धोनीः द अनटोल्ड स्टोरी’ले बक्स अफिसमा सय करोड माथिको व्यापार गरेपछि यतिबेला यसका मुख्य नायक सुशान्त सिंह राजपुतको चर्चा खुबै छ । लामो समयदेखि सफलता खोजिरहेका सुशान्त यतिबेला उचाइमा पुगेका छन् ।

उनको अभिनयले पनि प्रशंसा पाएको छ । सुशान्तलाई लाग्छ, चलचित्रमा चल्नुमा महेन्द्र सिंह धोनीको ब्रान्डले पनि काम गरेको छ । साथमा निर्देशक नीरज पाण्डेको मिहिनेतका कारण पनि चलचित्र चलेको उनको वुझाई छ । साथमा, उनले आफ्नो कामले पनि व्यापारमा केही फरक पारेको बताए ।

यो चलचित्र चलेपछि सुशान्तले बाँकी चलचित्रका लागि पारिश्रमिक बढाएको खबर सार्वजनिक भैरहेको छ । यस बिषयमा सुशान्तले भने-‘धोनी रिलिज भन्दा अगाडि नै मैले ५ वटा चलचित्रमा संझौता गरिसकेको छु । हो मलाई पैसा आवश्यक छ । तर, चलचित्रबाट म त्यो पैसा उठाउँदिन ।’

उसो भए, सुशान्तले पारिश्रमिक केका लागि बढाएका हुन् त ? उनले अगाडि भने-‘चलचित्र मेरो लागि सबथोक हो । अवश्य पनि म पारिश्रमिक बढाउन सक्छु तर कुनै विवाह समारोहमा पुग्दा वा स्टेजमा प्रस्तुती दिनुपर्दा मात्र ।’

सुशान्तले आफूलाई पैसा आवश्यक परेको बताउँदै बिहेमा नाँचेको र स्टेजमा प्रस्तुती दिने अफर आएको खण्डमा पारिश्रमिक बढाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment