Comments Add Comment

महाअभियोग समितिको कार्यविधिमा विवाद

Samsad९ कात्तिक, काठमाडौं । महाअभियोग सिफरिस समितिको कार्यविधि बनाउने विषयमा मतभेद देखिएको छ । जसका कारण कार्यविधि बनाउन गठन भएको उपसमितिले सोमबारसम्म पनि मस्यौदा तयार गर्न सकेकेा छैन ।

कार्यविधि बनाउनका लागि उपसमितिलाई १० कात्तिकसम्मको समयसीमा दिइएको छ ।

महाअभियोग समितिले बहुमतले प्रतिवेदन संसदमा पठाउने कि सर्वसम्मत गरेर पठाउने भन्ने विषयमा पनि सहमति जटाउन नसकेको आजको राजधानी दैनिकमा समाचार छ ।

कांग्रेसले दुईतिहाइले र राप्रपा नेपालले सर्वसम्मत गरेर पठाउने प्रस्ताव गरेको छ । एमालेले भने बहुमतले पठाउनुपर्ने प्रस्ताव राखेको छ ।

महाभियोग सिफारिस समितका सदस्यले सार्वजनिक रुपमा भाषण गर्दै जान पाउनुहुँदैन भन्ने विषयमा पनि मतभेद छ । यस विषयमा कांग्रेस र राप्रपा नेपाल एक मत देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment