Comments Add Comment

मेस्सी र रोनाल्डोको आधिपत्य तोड्दै ग्रिजम्यान बने उत्कृष्ट

griezman९ कात्तिक, काठमाडौं । लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई उछिन्दै एन्टोनी ग्रिजम्यान स्पेनिस ला लिगाको उत्कृष्ट खेलाडी बनेका छन् ।

२००८/०९ को सिजनबाट सुरु भएको यो अवार्ड लगातार पाँच पटक लिओनल मेस्सीले जिते । २०१३/१४ मा रोनाल्डोले जितेको यो अवार्ड २०१४/१५ फेरि मेस्सीकै हातमा परेको थियो ।

तर, यो पटक एथ्लेटिको मड्रिडका फ्रान्सेली फवार्ड ग्रिजम्यानले मेस्सी र रोनाल्डाको आधिपत्य तोडेका छन् । मेस्सी र रोनाल्डोपछि यो अवार्ड पाउने उनी पहिलो खेलाडी बने ।

गत सिजन उनको २२ गोल र पाँच एसिस्टको सहयोगमा एथ्लेटिको मड्रिड ला लिगामा तेस्रो भएको थियो । तर, च्याम्पियन बार्सिलोनाभन्दा मात्र ३ अंकले पछि रहृयो ।

ला लिगाको अवार्डमा एथ्लेटिका मड्रिडकै बर्चश्व रहृयो । उत्कृष्ट डिफेण्डर डिएगो गोडिन, उत्कृष्ट गोलकिपर ओब्लेक र र उत्कृष्ट प्रशिक्षक  एथ्लेटिकोकै डिएगो साइमन बने ।

बार्सिलोनाका लिओनल मेस्सी उत्कृष्ट फवार्ड बने भने लुइस स्वारेज उत्कृष्ट वर्ल्ड प्लेयर बने । रियल मड्रिडका लुका मोडरिक उत्कृष्ट मिडफिल्डर बने । रोनाल्डो भने यो पटक खाली हात रहे । उनी गत वर्ष उत्कृष्ट फवार्ड घोषित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment