Comments Add Comment

‘गोगन पानीमा’ नयाँ रुपमा

gogan-pani-ma

काठमाडौं । एक दशकअघि निकै चर्चित गीत ‘गोगन पानीमा’ अम्बर विरही गुरुङको शब्द, लय र स्वरमा थियो । ‘गोगन पानीमा’ यतिबेला फेरि चर्चामा छ । गोरखाली गायक गणेश गुरुङ र गायिका पि्रया श्रेष्ठले ‘गोगन पानीमा’ वोलको गीतलाई पुनः नयाँ ढंगमा बजारमा ल्याएका छन् ।

मौलिकता बोकेका लोकदोहोरीहरुको खडेरी भइरहेकै बेलामा आएको यस गीतले पुनः पहिलाको झल्को मेटाउने र नयाँपन दिनेमा पनि विश्वास लिइएको छ । हमाल म्युजिकले बजारमा ल्याएको यस गीतले मायाप्रेमभित्रको कौतुहलतालाई गहिराइमा पुर्‍याएको छ ।

लोकगीतप्रेमीहरुको मुखमुखमा कुनैबेला यसले राम्रो छाप छोड्न सफल भएको थियो भने अहिले पनि यसको बजार उत्तिकै सफल हुनेमा गायक गुरुङ ढुक्क छन् ।

म त हजुर गोर्खाली ठिटो
कसैसित बोल्दिनँ नमिठो
गोगन पानीमा,
के के हुन्छ थाछैन जिन्दगानीमा
म पनि त लमजुङ्गे चेली
पूणिर्माको जुनजस्तै उजेली
गोगन पानीमा,
के के हुन्छ थाछैन जिन्दगानीमा

गोर्खा र लमजुङको आत्मीयतालाई मौलिकतामा गाँसेर मायाप्रेमभित्र रमाउन खोजिएको ‘गोगन पानीमा’ वोलको गीतले सरलतापूर्वक ग्रामीण भेगको मौलिक संस्कृतिलाई पस्केको छ । केटा र केटीबीचको रुपरंगभित्र रहेर मौलिकताको मायाप्रेमलाई लोकलयमा ढालिएको गीत हो ‘गोगन पानीमा’ ।

यस गीतको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । गाउँकै परिवेशलाई झल्काउँदै भट्टले भिडियो निर्माण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment