Comments Add Comment

प्रियंकाकी आमाले मिडियावाट थाह पाउछिन् छोरीको खबर

priyanka-and-mom

मुम्बई । बलिउड नायिका प्रियंका चोपडा यति ब्यस्त हुन थालेकी छिन् । परिवारका सदस्यसँग समेत कुरा गर्ने फुर्सद हुन्न उनलाई । उनकी आमा मधु चोपडाले उनका नीजी जीवनका वारेमा समेत मिडियावाट जाकारी लिने गरेको बताइन् ।

प्रियंका क्षमतावान छिन भन्नेमा आमा मधुले भेउ पाएकी थिइन् । ‘छोरी जुन क्षेत्रमा लागे पनि सफल हुन्छिन् भन्नेमा म सचेत थिँए उनी सानैदेखि क्षमतावान थिईन्’

प्रियंका एरोनाँटिक इन्जिनीयर बन्न चाहन्थिन् । तर, विचैमा पढाई छाडेर फिल्ममा लागिन् । प्रियंकाले पढाइ छोड्न लाग्दा आमाले पहिला पढाई पुरा गर्न आग्रह गरेकि थिइन् तर, बुबा अशोक चोपडाले पढाइ छाडेर भए पनि फिल्म खेल्न सुझाब दिएका थिए ।

सुरुमा प्रियंका एक्लै मुम्बई आएकी थिइन् । प्रियंका आएको केहि समयपछि पेशाले डक्टर मधु पनि पि्रंयका संगै मुम्बई आएकी थिइन् ।

मधु भन्छिन् ‘अहिले प्रियंका छुट्टै घर लिएर बसेकि छिन् । त्यसकारण उनको वारेमा जानकारी लिन मिडियाको सहारा लिनुपर्छ’

त्यसो त प्रियंकालाई एक्लै बस्ने सुझाब आमा मधुले नै दिएकी थिईन् । ‘छोरी ठूली भएपछि बा आमासंग संगै बस्न सुहाउदैन भनेर मैले नै भनेको थिँए’ मधुले भनिन् ।

क्षेत्रिय फिल्मको प्रोत्साहनका लागि प्रियंकाको आमा छोरी मिलेर  ‘पर्पल पेबल’ नामको प्रोडक्सन हाउस समेत खोलेका छन् । भोजपुरी फिल्म बम बम बोल रहा है काशी’ यहि ब्यानरवाट बनेको पहिलो फिल्म हो । सोहि ब्यानरमा बनेको मराठी फिल्म वेँलीलेटर’ पनि प्रदर्शनको तयारीमा छ । जुन फिल्ममा निर्देशक आशुतोष गोवारीकरले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment