Comments Add Comment

‘जात्रा’को ‘पैसा’ बोलको गीत रिलिज, गीतमा हरिवंशकै स्वर तथा शब्द

jatra-song
कार्तिक २६ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘जात्रा’ को ‘पैसा’ बोलको गीत सार्वजनिक भएको छ । हरिवंश आचार्यको शब्द तथा स्वर रहेको पैसा बोलको गीत सार्वजनिक गरिएको हो ।

प्रर्दशन मिति नजिकिँदै गर्दा प्रोमोशन गीतका रुपमा गीत सार्वजनिक गरिएको चलचित्रका निर्देशक प्रदिप भट्टराईले जानकारी दिएका छन् । भट्टराईले १२ वर्ष मह जोडीसँग काम गरिसकेका छन् । मह सञ्चारले निर्माण गर्ने चलचित्रको निर्देशनको जिम्मा समेत प्रदिपलाई नै दिने समाचारसमेत मिडियामा आइसकेको छ ।

चलचित्रको विषयवस्तुसँग मेल खाने गीतमा पैसाको महत्व र आवश्यकतालाई रमाइलो ढंगले प्रस्तुत गरिएको निर्माता एवं कलाकार रबिन्द्रसिंह बाँनियाले जानकारी दिएका छन् । शशी रावलको समेत स्वर रहेको गीतमा रोशन थापाले संगीत भरेका छन् । चलचित्रमा विपिन कार्की, बर्षा राउत,  रविन्द्र सिंह बाँनिया लगायतका कलाकारको अभिनय छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment