+
+

बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा पोखरामा एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १४ गते १०:२२

१४ कात्तिक, पोखरा । पोखरामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यू भएको छ ।

motorcycle-accident-clipartतिव्र गतिमा रहेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा घाइते भएका पोखरा-६ लेकसाइडका २० वर्षीय अमन अधिकारीको मृत्यु  भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

लेकसाइडबाट जरेबर जाँदै गर्दा ग.५प ३७९८ नम्बरको मोटरसाइकल राति सवा ११ बजे बिजुलीको पोलमा ठोक्किएकपछि अधिकारी गम्भीर घाइते भएका थिए ।

टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्कालै स्थानीयले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेका थिए । तर त्यहाँ उपचार सम्भव नभएपछि मनिपाल शिक्षण अस्पताल लगिएपनि उपचार सम्भव भएन । मनिपाल अस्पताल लगेलगत्तै चिकित्सकले अधिकारीलाइ मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?