+
+
Shares

भाइटीकामा बालगोपालेश्वर मन्दिरको फोटोमा पूजा गर्न पाइने

रासस रासस
२०७३ कात्तिक १४ गते १६:५३
ranipokhari-new2
रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको काम जारी छ । फाइल तस्वीर

१४ कात्तिक, काठमाडौं । रानीपोखरीको मध्य भागमा अवस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि सर्वसाधारणले मूर्तिको दर्शन गर्न नपाउने भएका छन् ।

हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने उक्त मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले बालगोपालेश्वरको दर्शन गरी टीका लगाउँदै आएका थिए । तर, भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्णरूपमा क्षतिग्रस्त भएको र मन्दिर वरपरका पर्खालमा पनि आंशिक क्षति पुगेपछि पुरातत्व विभागले काठमाडौं महानगरपालिकालाई पुनःनिर्माणको जिम्मा दिइएको थियो ।

गत वैशाख दोस्रो सातादेखि सुरु गरिएको पुनःनिर्माणअन्तर्गत मन्दिरमा पिल्लर राख्ने काम भइरहँदा पुरातत्व विभागले मापदण्ड विपरीत पुनःनिर्माण भएको जनाउँदै भदौ १३ गतेदेखि तत्काल पुनःनिर्माण रोक्न निर्देशन दिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

उनले भने, ‘निर्माणको काम हुन नसकेकाले सर्वसाधारणका लागि मन्दिरभित्र जाने द्वारमा मन्दिरको फोटो राखेर पूजा गर्ने र टीका लगाउने तयारी भएको छ, गत वर्ष पनि यसरी नै टीका लगाइएको हो ।’

ऐतिहासिक महत्व रहेकोे रानीपोखरी प्रताप मल्लका कान्छा छोरा चक्रव्रतेन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गरिएको भनाइ छ । विसं १७२५ देखि १७२७ सम्म दुई वर्ष लगाएर पोखरी बनाइएको हो । पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरू सहितको सेतो मूर्ति छ ।

पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न केही स्थानमा बिजुली जडान गरी झिलिमिली बनाइने, पोखरी संरक्षणका लागि चारैतिर बार बारिने, बगैँचा बनाइने, हरियाली र रङ्गीन पानीको फोहोरा राखिने महानगरको योजना छ ।

बालगोपालेश्वर मन्दिर पुरातत्व विभागले निर्माण गर्ने भए पनि मन्दिर वरपरको पर्खाल र पोखरी सरसफाइको काम काठमाडौं महानगरपालिकाले नै गर्ने बताइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?