Comments Add Comment

अब म स्वस्थ भएँ: पूर्वराष्ट्रपति यादव

Rambaran-Yadav
फाइल फोटो

१५ कात्तिक, वासिङ्टन डिसी । पूर्व राष्ट्रपति डा. रामवरण यादवले आफू क्यान्सरको सङ्क्रमणबाट मुक्त भएको भन्दै आफ्नो उपचारमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

अाफ्नो उपचारमा संलग्न चिकित्सक, सहयोग गर्ने नेपाल सरकारका निकाय, अमेरिकास्थित नेपाली दूतावास र अमेरिकामा रहेका नेपाली समुदायको सदभावले  रोग निराकरण भएको यादवको भनाइ छ ।

अमेरिकाको मिचिगनमा रहेको हेनरी फोर्ड अस्पतालमा गत सेप्टेम्बरदेखि उपचारका लागि भर्नाभएका यादवको डा मेननको नेतृत्वमा रहेको चार सदस्यीय चिकित्सकको टोलीले रोवटिक सर्जरी विधि अपनाएर  प्रोस्टेटको शल्यक्रिया गरिएको थियो ।

‘उपचारको नियमित चेकजाँचको लागि ५\६ महिना पछि फेरि आउन चिकित्सकले भन्नुभएको छ, तर नियमित व्यायाम र सन्तुलित आहारले मेरो स्वास्थ्य सवल बन्ने विश्वास लिएको छु,’ डा. यादवले भने ।

पूर्व राष्ट्रपति डा यादवले नेपालीको महान् चाड तिहार, छठ र नेपाल संवतको अवसरमा सबै नेपालीमा एकता मेलमिलाप र सदभाव कायम गर्दै समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउन आफ्नो स्थानबाट सहयोग गर्न अपिल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment