Comments Add Comment

भारतीय राष्ट्रपतिले गरे नेपालको संविधानको स्वागत

bidhya-and-mukharji

१७, कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको संविधानको स्वागत गरेका छन् । तीन दिने नेपाल भ्रमणमा आएकै दिन बुधबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटवार्तामा मुखर्जीले नेपालको संविधान बनेकोमा यसको स्वागत गरेका हुन् ।

भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति मुखर्जीले तीन दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं अाएका हुन् । उनलार्इ स्वागत गर्न  राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डका साथै सरकारका मन्त्रीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । ्

मुखर्जी नेपाली समकक्षीसँगै शीतल निवास पुगे, जहाँ औपचारिक भेटवार्ता भएको छ ।  भेटका क्रममा भारतीय राष्ट्रपति मुखर्जीले संविधान बनेकोमा राष्ट्रपति भण्डारी र नेपाली जनतालाई धन्यवाद दिएको शीतल निवासले जनाएको छ ।

मुखर्जीले समकक्षी विद्यादेवी भण्डारीलाई भारत भ्रमणको निम्तोसमेत दिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सञ्चारमाध्यमलाई जानकारी दिए ।

भेटका अवसरमा मुखर्जीले नेपालमा पाएको न्यानो आतिथ्यका लागि समेत भण्डारीलाई धन्यवाद दिएको अधिकारीले बताए । भेटका अवसरमा भूकम्पपछिको पुनर्निर्माण, जलविद्युत आयोजना एवं नेपाल भारत सम्बन्धका बहुआयामिक पक्षमा कुराकानी भएको उनले बताए ।

शीतलनिवासको भेटपछि भारतीय राष्ट्रपति मुखर्जी भारतीय दूतावाससले लैनचौरमा आयोजना गरेको दिवा भेजमा सहभागी भएका थिए ।

भारतीय दूताबासमा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वसभामुख एवं एमाले नेता सुवासचन्द्र नेम्वाङ, कांग्रेस नेतृ सीतादेवी यादव, मन्त्रि परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी लगायतका नेताहरुले मुखर्जीसँग भेट गरेका थिए ।

भारतीय दूतावासको समारोह सकिएपछि मुखर्जीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment