+
+
Shares

राष्ट्रपति मुखर्जी र पूर्वराष्ट्रपति यादवबीच भेटवार्ता

एमाले नेता नेपालले पनि भेटे मुखर्जीलाई

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १८ गते १५:५३

rambaran-yadav-and-pranab-mukharjee

१८ कात्तिक,काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग पूर्वराष्ट्रपति डा. रामवरण यादवले भेटवार्ता गरेका छन् ।

हायात रिजेन्सी होटेलमा भएको भेटमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो ।

राष्ट्रपति मुखर्जी र पूर्व राष्ट्रपति यादव साथी समेत हुन् । अध्ययनका क्रममा यादव कोलकातामा रहँदा मुखर्जीसँग चिनजान भएको थियो ।

एमाले नेता नेपालले पनि भेटे मुखर्जीलाई

यसैबीच पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले पनि विहीबार भारतीय राष्ट्रपति मुखर्जीसँग  शिष्टाचार भेट गरेका छन्। पार्टीको वैदेशिक मामिला विभाग प्रमुखसमेत रहेका नेता नेपालले हायात रिजेन्सी होटेलमा पुगेर राष्ट्रपति मुखर्जीसँग भेट गरेका हुन् ।

madhav-nepal-and-pranab-mukharjeeनेकपा एमाले वैदेशिक मामिला विभागका सचिव यादवचन्द्र शर्माद्वारा जारी प्रेस विज्ञप्तिअनुसार भेटमा दुबै मुलुकको आपसी हित र पारस्परिक चासोका विषयमा कुराकानी भएको थियो ।

भारतीय राष्ट्रपति मुखर्जीले पूर्वप्रधानमन्त्री नेपाललाई भारत भ्रमणका लागि निमन्त्रणा पनि दिएका थिए । सो अवसरमा नेता नेपालले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आपसी हित प्रवर्द्धन र समृद्धिका लागि थप सुदृढ पार्नुपर्ने धारणा समेत राखेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?