Comments Add Comment

माओवादी जनसरकार प्रमुखसहित ४ पक्राउ, कालो झण्डासहित बेलुन उडाएको आरोप

black-baloon
पोखरामा कालो झण्डासहित उडाइएका बेलुनहरु । तस्वीर: माधव पनेरु

१९ कात्तिक, पोखरा । पोखराको आकाशमा कालो झण्डा राखेर बेलुन उडाएको आरोपमा प्रहरीले विप्लव माओवादीका जिल्ला जनसरकार प्रमुखसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कास्की जिल्ला जनसरकार प्रमुख नन्दलाल तिवारी ‘जगनबा’, माओवादी गण्डक व्युरो सदस्य भिम चापागाईं, टिकाराम घिमिरे र बमबहादुर हितांगीमगर रहेका छन् ।

मुखर्जी पोखरा बिमानस्थलमा ल्याण्ड हुनुभन्दा केही समय अगाडि पोखराका आकाशमा कालो झण्डासहितका बेलुनहरु उडेको देखिएको थियो । बेलुन उडाउने समूहको खोजी गर्दै हिँडेको प्रहरीले बिभिन्न स्थानबाट विप्लव माओवादीका नेताहरुलाई पक्राउ गरेको हो ।

राष्ट्रपति मुखर्जी पोखरामा

नेपाल भ्रमणको अन्तिम दिन भारतीय राष्ट्रपति मुखर्जी पोखरा पुगेका छन् । विमानस्थलमा ओर्लिएपछि उनी ग्राण्ड होटलमा केही समय आराम गर्न जानेछन् । त्यसपछि भारतीय पेन्सन क्याम्पमा पूर्व गोर्खा सैनिकहरुलाई सम्बोधन गरेपछि उनी आजै काठमाण्डौं हुँदै स्वदेश फर्किने कार्यक्रम छ ।

मुखर्जीको आगमनका कारण पोखराको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । विमानस्थल, बिरौटा लगायतका स्थान वरपर स्थानीय प्रशासनले अघोषित कर्फ्यू जारी गरेको छ ।

मुखर्जी हिँड्ने पोखरा एयरपोर्टबाट बिरौटा हुँदै पोखरा ग्राण्डसम्म र त्यहाँबाट मुस्ताङचोक, पुथ्वीचोक, इन्द्रचोक, बुद्धचोकसम्मको बाटोमा दिउँसो एक बजेदेखि नै सवारी साधन चलाउन रोक लगाइएको छ । कालो झण्डा प्रदर्शनपछि सो रुटमा मान्छे हिँड्न पनि रोक लगाइएको स्थानीयले बताएका छन् ।

प्रहरीले काठमाडौंबाट पनि ११ जना माओवादी नेता-कार्यकर्ता पक्राउ परेका छन् । गोर्खा सैनिक भर्तीको विरोध गर्दै लैनचौरस्थित भारतीय दूतावासमा ज्ञापन पत्र बुझाउन जानु अघि शान्तिबाटीकामा भेला भएका बेला अनिल शर्मा विरही लगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment