+
+

जब विमानमा उडिरहेका बेला बालकले उल्टी गर्‍यो…

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १९ गते १६:४२

जब ३५ हजार फिटमाथि उडिरहेको एक जहाजभित्र रहेको सानो बालक बिरामी हुन्छ, उनकी आमालाई थाहा थिएन कि उनले यसको कति मूल्य चुकाउनुपर्छ ।

little-boy-sitting-on-an-airplane
फाइल तस्वीर

यस्तै भएको छ एउटी आमालाई, जतिवेला उनी आफ्नो सानो बच्चालाई लिएर फ्लाइटमा थिइन् ।

विमानको क्याविनमा रहेकी उनको बच्चा बिरामी भएपछि उल्टी गर्न थाल्यो । बच्चाको उल्टी नजिकैकी एक अपरिचित महिलाको हृयाण्डब्यागमा लाग्यो । ब्याग खराव भयो र त्योभन्दा पनि खराव त त्यसको क्षतिपूर्ति आमाले दिनुपर्‍यो ।

‘हामी एक लामो यात्रामा थियौं र त्यो निक्कै होहल्लापूर्ण थियो,’ ती महिलाले भनिन्, ‘मेरो छोराले यात्राको दौरान धेरैपटक उल्टी गर्‍यो । उसले उल्टी गरेको ब्याग कसको थियो हामीलाई थाहा थिएन । एक घण्टापछि एक महिलाले पछाडिको सिटबाट त्यो ब्याग आफ्नो भएको बताइन् ।’

स्वभाविक रुपमा बच्चाका आमाबुबाले ती महिलासँग माफी मागे तर, त्यतिलेमात्र उनीहरुले छुटकारा पाएनन् । उनले बच्चाका आमाबुबासँग भनिन् कि, ‘मेरो ब्याग निक्कै महंगो छ र यसलाई सफा गर्नका लागि पैसा तिर्नुपर्छ । लुईस भुट्टिन कम्पनीको हृयाण्डब्यागको मूल्य ९०० पाउण्ड पर्छ ।’

अन्त्यमा पूँजीवादी सोचले ग्रस्त मानवता हराएकी ती महिलालाई बच्चाका आमाबुबाले ९०० पाउण्ड जरिवाना तिर्नैपर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?