+
+
Shares

सरकारले नेपाली जनताको अपमान गर्‍योः भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २० गते २०:४३

Bhim-Rawal

२० कात्तिक, काठमाडौं । सरकारले विदेशीलाई बोलाएर संविधानको विषयमा छलफल गर्नु नेपाली जनताको अपमान गरेको प्रमुख विपक्षी दलका नेताले आरोप लगाएका छन् ।

एमाले उपाध्यक्ष भीम रावलले सावैभौम संविधानसभाबाट जारी भएको संविधानबारे सरकारले कहिले विदेशको राजधानीमा त कहिले विदेशी नेतालाई बोलाएर छलफल गराएको आरोप लगाए । साथै यो नेपाली जनताको अपमान भएको टिप्पणी गरे ।

पूर्वउपप्रधानमन्त्री समते रहेका रावलले संविधान संशोधन गर्ने वा नगर्ने विषय आन्तरिक मामिला भएकाले विदेशीलाई बोलाएर छलफल गर्नु गलत भएको बताएका छन् ।

आफैंले अभिनन्दन गर्ने सार्वजनिक कार्यक्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले संविधान कार्यान्वयन गर्न सबै पक्षलाई समेटेर लैजान सुझाव दिँदा पनि कुनै प्रतिक्रिया नदिएर हिनताबोध देखाएको उनको आरोप छ ।

उनले छिमेकी देशका पाहुनालाई सम्मान गर्ने बहानामा स्वेदश तथा कुटनीतिक नियोगमा समेत बिदा दिइनु कुटनीतिक अभ्यास र मर्यादा विपरीत भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?