२२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई बोलाएर काठमाडौंमा लोडसेडिङ मुक्त गर्न निर्देशन दिएका छन् ।
सोमबार बिहान घिसिङलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले तीन बुँदे निर्देशन दिएका छन् । प्रधानमन्त्रीले काठमाडौंमा तिहारको समयमा भएको लोडसेडिङ अन्त्यलाई निरन्तरता दिन निर्देशन दिए ।
घिसिङले अनलाइनखबरसँग भने, ‘लोडसेडिङ अन्त्यलाई सरकारले आफ्नो एजेन्डामा राखेको छ, यसका लागि पूर्ण सहयोग हुन्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।’
प्रधानमन्त्री प्रचण्डले विद्युत महशुलको वक्यौंता उठाउन र चुहावट रोक्न पनि भनेका छन् । साथै ठूला परियोजनाहरु जतिसक्यो छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
यो पनि पढ्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4