+
+
Shares

हाम्रो पार्टीले सडकबाटै सरकार चलाउँछ : कुलमान घिसिङ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उज्यालो नेपाल पार्टीले सडकबाटै सरकार चलाउने र आम जनताको सरकारको रुपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।
  • अध्यक्ष घिसिङले पार्टीले मुलुकको राष्ट्रियता र समस्या समाधान गर्दै समृद्धिको बाटोमा अघि बढाउने बताएका छन्।
  • पार्टीले आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा सशक्त पार्टीको रुपमा उदय हुने र घरदैलोमा पुग्ने योजना बनाएको छ।

११ चैत, काठमाडौं । उज्यालो नेपाल पार्टीको बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रम सडकबाटै सरकार चलाउने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टीको बाममती प्रदेशस्तरीय अगुवा भेलामा बोल्दै उहाँले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि सडकबाटै आम जनताको सरकारको रुपमा काम गर्ने बताएका हुन् ।

मुलुकको राष्ट्रियता, विद्यमान समस्या समाधान गर्दै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आफ्नो पार्टीले सडकबाटै सशक्त भूमिका निर्वाह गर्ने अध्यक्ष घिसिङको भनाइ थियो ।

‘उज्यालो नेपाल पार्टी सडकमा बसेर सरकार चलाउनु भनेर हामीलाई म्यान्डेट दिएको छ । हामी सडकमा बसेर आम नेपाली जनताको सरकार चलाउने छौँ । सडकको सरकार उज्यालो नेपाल पार्टीको हुनेछ । सडकबाट पनि यो देशको समस्या, यो देशमा भएका विभेद र यो देशलाई समृद्धितिर लैजानकालागि सशक्त भूमिका हामीले निभाउनेछौं,’ उनले भने ।

देशलाई सही बाटोमा लैजानका लागि सरकारलाई खबरदारीको काम गर्ने पनि आफ्नो पार्टीको प्रतिबद्धता रहेको उनले जानकारी गराए ।

अध्यक्ष घिसिङले आफ्नो पार्टी जनताको घरदैलोमा पुग्ने र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा नेपालको सशक्त पार्टीको रुपमा उदय हुने जिकिर समेत गरे ।

‘यो देशको राष्ट्रियता, यो देशको समृद्धि र समस्याको विषयमा हामीले सशक्त रुपले सडकबाट खबरदारी गर्नेछौँ । राम्रा कुरालाई समर्थन गर्नेछौँ । नराम्रा, खराब कुरालाई खवरदारी गर्दै देशलाई सही बाटोमा अगाडि बढाउनका लागि हामी सशक्त रुपमा अगाडि बढ्नेछौं,’ उनले भने, ‘यो हाम्रो प्रतिबद्धता हो । अब उज्यालो नेपाल पार्टी हामी अब उज्यालो नेपाल पार्टी हामी हारेर पनि सबभन्दा अगाडि उठेको पार्टी हो । हामी चुनाव सकिएको केही समयमा नै केन्द्रिय कमिटीको बैठक राख्यौँ । छलफल गर्‍यौँ । देशैभरीको उम्मेदवारहरुलाई बोलाएर समीक्षा गर्‍यौ । आगामी दिनमा कसरी जाने भनेर एउटा कार्यदिशा पनि बनाएका छौं ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?