Comments Add Comment

‘महिनाको लाख कमाउन आयौं, भोकभोकै पर्‍यौं’

कतारमा अलपत्र नेपालीहरुको वेदना

alpatra-qatar

२२ कात्तिक, काठमाडौं । १४ जना युवा तीन महिना अघि अजाद भिसामा रोजगारीका लागि भन्दै कतार उडे । तर, अहिले उनीहरु काम नपाएर कतारमा अलपत्र परेका छन् ।

उनीहरुलाई त्यहाँ पठाउने म्यानपावर कम्पनी ‘शुहम सर्भिसेस इम्पोलाइमेन्ट’ले महिनामा ३६ सय कतारी रियल अर्थात् झण्डै १ लाख ५ हजार रुपैयाँ कमाइ हुने लोभ देखाएको थियो । महिनामै एक लाखभन्दा बढी कमाइने भनेपछि ती युवाले ऋण गरेरै म्यानपावरलाई मोटो रकम बुझाएका थिए ।

तर, एक लाख रुपैयाँ तलब थाप्ने उनीहरुको सपना त साकार हुन सकेन नै, उनीहरु कतारमा अवैध रुपमा कष्टकर जीवन बिताउन बाध्य पनि भएका छन् ।

को-को भए अलपत्र ?

अलपत्र हुनेहरुमा बाँकेका लोकेन्ऽ डाँगी, भक्त कुमार, घनश्याम बोहोरा, टीकाराम विष्ट, डिल्ली विष्ट, चन्ऽबहादुर विष्ट र रमेश बोहोरा छन् । यस्तै, अलपत्र पर्नेमा रुकुमका सुजन बिसी, पाँचथरका शानबहादुर जबेगु, सुनसरीका जीवनकुमार लिन्खा, सर्लाहीका अरुण कुमार, भोजपुरका रामकुमार कोइराला तथा कास्कीका अनिल अधिकारी र मधुसिंह राणा छन् ।

‘कतारको एजेन्ट पनि भाग्यो’

पीडितहरुसँग म्यानपावरले साढे दुई लाख रुपैयाँदेखि साढे तीन लाख रुपैयाँसम्म असुलेको थियो । उनीहरुलाई कतार पठाउन अर्जुन बुढामगर र मोहन ओलीले एजेन्टका रुपमा काम गरेका थिए ।

कतारमा काम मिलाइदिने भनेर आएका स्थानीय एजेन्ट पनि आफूहरुलाई अलपत्र छाडेर भागिसकेको पीडितहरुले बताएका छन् । पीडितले आफूहरुलाई विदेश पठाउने म्यानपावर एजेन्टहरुसँग सम्पर्क गर्दा फोन नउठेको भन्दै उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

कतारमा ‘अवैध’

अजाद भिसाको मिति गुजि्रसकेकाले उनीहरु अवैधानिक भएका छन् । केही गरी काम पाए पनि उनीहरुले अब वैधानिक रुपमा काम गर्न पाउने छैनन् । सो भिसाको अवधि तीन महिनाको हुन्छ र आवश्यकता अनुसार समय थप्न पनि सकिन्छ । तीन महिने म्याद गुजि्रसकेको र म्याद नथपिएकाले कतारी कानुन अनुसार उनीहरु स्वतः अवैध भएका हुन् ।

उनीहरुले महिनाको एक लाख रुपैयाँभन्दा बढी कमाउने सपना बोक्दा भोकै बस्नुपर्ने अवस्था आएको भन्दै पीडा पोखेका छन् ।

अजाद भिसा पाएका ती नेपालीहरुलाई खोटाङ सेवा समाज कतारले केही खाद्यान्न सहयोग गरेको छ । समाजका महासचिव रुद्र शर्माले पीडितहरुलाई भेटेर एनआरएनए कतारको श्रम विभागका प्रेम रसाइलीमार्फत केही खाद्यान्न सहयोग गरिएको बताए । केही सरसहयोग पाए पनि उनीहरु भोकै बस्नुपर्ने अवस्थामा रहेको शर्माले बताए ।

उनीहरुलाई भिसा दिने स्थानीय एजेन्ट नै फरार भएपछि स्पोन्सर कम्पनीका बारेमा पनि पीडितहरु अनभिज्ञ छन् ।

अजाद भिसाको ठगी धन्दा

कतारमा पछिल्लो समय अजाद भिसामा कामदार लगेर अलपत्र पार्दै म्यानपावर र तिनका एजेन्टहरुले ठगी गर्ने क्रम बढ्दो छ । कतारको श्रम कानुनअनुसार तीन महिनाभित्र वैध बन्न पासपोर्टमा भिसा लगाएर कतारी ‘आईडी’ प्राप्त गरिसक्नुपर्छ ।

राम्रो तलब सुविधा पाउने आशमा महँगो ब्याजमा ऋण लिएर कतार गएका उनीहरु अब कसरी घर फर्किने भन्ने चिन्तामा छन् । आवश्यक पहल गरेर आफूहरुको उद्धार गरिदिन उनीहरुले सरकारसँग अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment