+
+
Shares

देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई भेटे

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २३ गते १६:११

deuba-and-modi

२३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भेटको पुष्टि गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवा इण्डिया फउन्डेसनले गोवामा गरेको कार्यक्रममा भाग लिन गत शुक्रबार भारत भ्रमणमा गएका थिए ।

गोवाको कार्यक्रम सकेर दिल्ली फर्किएका देउवालाई सोमबार भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियाले भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?