मुम्बई । सेफअलि खानकी पहिलो पत्नी अमृता सिंहको छोरी सारा अलि खानसँग रणबीर सिंहले रोमान्स गर्ने भएका छन् । साराको डेब्यु फिल्मको निर्देशन जोया अख्तरले गर्ने भएका छन् ।
‘गुल्ली ब्वाईज’ नामको यस फिल्ममा मुम्बइमा भएको रियल लाइफ र्यापर्सको कथा उठान गरिने भएको छ । यसमा रणबीरले र्यापरको भुमिका निर्वाह गर्ने भएका छन् भने साराको भुमिका पनि दमदार हुने भएको छ ।
भारतीय मिडियाले उल्लेख गरे अनुसार सारालाई निर्देशक करण जौहरले ‘इष्टुडेन्ट अफ द इयर’ वाट डेब्यु गर्ने हल्ला थियो तर, साराकी आमा अमृताले खण्डन गरेकि थिइन् ।
साराले अहिलेसम्म अभिनय गरेकि छैनन् तर, सन २०१२ मा फेशन म्यागजिन ‘हेलो’ मा फोटोशुट गराएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4