Comments Add Comment

भारतीय राष्ट्रपतिलाई कालो झण्डा देखाउनेहरु तारेखमा छुटे

२४ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई कालो झण्डा देखाउने क्रममा पक्राउ परेका ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालसहित चार जना तारेखमा छुटेका छन् । उनीहरुलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारीले १ महिने तारेखमा रिहा गरेका हुन् ।

fanindra-nepalगत कात्तिक १७ गते भारतीय राष्ट्रपति मुखर्जी नेपाल भ्रमणमा आउँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोल्डेन गेट अगाडि नेपालसहितको समूहले कालो झण्डा देखाएको थियो । उनीहरुलाई प्रहरीले पक्राउ गरी केही सार्वजनिक अपराध मुद्दामा थुनुवा पुर्जी दिई हिरासतमा राखेको थियो ।

मुखर्जी फकिएलगत्तै उनीहरुलाई कात्तिक २२ गते हाजिर हुने शर्तमा घर फर्कन दिइएको थियो ।

कात्तिक २२ गते बयान नै नलिई दिनभरि काठमाडौं परिसरमा राखिएकोमा मंगलबार सरकारी वकिल कार्यालयमा बयान लिएपछि प्रमुख जिल्ला अधिकारीले साधारण तारेखमा छाडेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment