Comments Add Comment

ट्रम्पले जितेको दिन नेपाली सेयरबजारमा दोहोरो अंकको गिरावट

down-share-market
२४ कात्तिक, काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपतिमा डोनान्ड ट्रम्प निर्वाचित भएको दिन नेपाली सेयर बजारमा २७ अंकको गिरावट आएको छ । तर, नेपाली बजार तिहारपछि लगातार ओराालो लागिरहेकाले ट्रम्पको जितलाई नै यसको  कारण भने मानिएको छैन ।

आज अन्तर्राष्ट्रिय सेयर बजारमा पनि भारी गिरावट देखिएको छ । ट्रम्पको बिजयले जापानसहित युरोपेली देशमा पनि सोयर बजार ओरालो लागेको छ ।

डलरको मूल्य घटेको आजको दिनमा नेपाली सेयर बजारमा पनि गिरावट आएको हो । उसो त चल्तिमा रहेका ५ सय र १ हजार दरका नोटमा प्रतिवन्ध लगाएपछि भारतमा पनि सेयर बजार रातो भएको छ ।

तर, नेपाली बजारमा केही दिनदेखि नै लगातार दोहोरो अंकको गिरावट आइरेहको थियो । आज नेपाली बजार २७.६३ अंकले तल झर्दा १६९६ अंकमा आएर रोकिएको छ ।

आज दिनभरमा ६८ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । १ सय २७ कम्पनीका १० लाख २२ हजार कित्ता सेयर किनबेच भए ।

sharemarket
आज बजारमा सबै सूमहका सूचकहरु पनि रातो भएका छन् । बैंकिङ सूमह २५ अंकले झर्‍यो भने होटलमा ६३ अंकले गिरावट आयो । विकास बैंक ३५, जलविद्युत साढे ३७, फाइनान्स १०, बिमा १५८ र अन्य ११ अंकले रातो भएका छन् ।

सेयर बजार घटेपनि श्रृजना फाइनान्स, एनबी इन्स्योरेन्सलगायतका सेयरधनिले कमाएका छन् । मुक्तिनाथ विकास, वेष्टर्न डेभलपमेन्ट बैकलगायतका लगानीकर्ताले धेरै गुमाए । सेयर संख्यमा आधारमा सिभिल बैकको धेरै सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment