Comments Add Comment

ट्रयुकलरको प्रयोगकर्ता प्रत्येक महिना ५० करोड

truecaller

काठमाडौं । फोन कलमा प्रयोगकर्ताको बिबरण दिने मोबाइल एप ‘ट्रयुकलर’को प्रयोगकर्ता मासिक ५० करोड नाघेको छ । एपको डायलरमा गरिएको परिवर्तन पछि यसका ग्राहकको संख्या बढ्दै गएको कम्पनीले जनाएको छ ।

पछिल्लो समय यो एप विश्वभर लोकपि्रय हुँदै गएको छ । मोबाइलमा सेभ नभएका नम्बरलाई पनि सजिलै पहिचान गर्ने यो एप लिडिङ मोबाइल एपमा समेत परिसकेको छ ।

डायलर परिवर्तन भएको चार महिनामै मासिक आधा अर्ब प्रयोगकर्ता ट्रयुकलरमा छन् । यसलाई कम्पनीले अभूतपूर्व उपलब्धी भनेको छ ।

ट्रयुकलरको प्रमुख विशेषता भनेको मोबाइल फोनमा डायल गरिएको र फोन आएका अज्ञात नम्बरलाई पनि पहिचान गर्न सहयोग गर्नु हो ।

‘आजका दिनमा हामीले सबैभन्दा ठूलो लक्ष्य पुरा गरेको छौं । हरेक महिना आधा अर्ब भन्दा बढी मोबाइल कर्ताले यो एप प्रयोग गर्नु ठूलो उपलब्धी हो ।’ ट्रयुकलरका सह-संस्थापक तथा प्रमुख रणनीतिक अधिकृत नामी जारिङ्हलामले भने ।

उनले थपे-‘एपको परीक्षण प्रयोगकै समयमा मोबाइल प्रयोगकर्ताको ठूलो जमातले हामीलाई विश्वास गरेका थिए । त्यसैले हामी प्रशस्तै प्रयोगकर्ता पाउँदा अत्यन्तै उत्हाहित छौं ।’ एपमार्फत आफ्नो समस्या समाधान गर्ने अप्रयोगकर्ता प्रति उनले धन्यवाद दिएका छन् ।

के हो ट्रयुकलर ?

तपाईंका सबै आफन्त, साथीभाई र नातागोताका व्यक्तीहरुको नम्बर मोबाइलमा सेभ हुँदैनन् । अझ नयाँ मोबाइल हराउँदा, नयाँ किन्दा पहिला मोबाइलमा सेभ भएका कतिपय नम्बर तपाईँसँग नरहन पनि सक्छ ।

तर, यो एपको सहयोगबाट मोबाइलमा नचिनेको नम्बरबाट कल आए त्यो कसको हो भनेर सहजै थाहा पाउन सकिन्छ ।

ट्रयुकलर एपमार्फत आफ्नो मोबाइलको सुरक्षा गर्नका लागि नचाहेका स्पाम तथा अज्ञात कलहरुलाई मार्क गर्न पनि सकिन्छ ।

स्पाम कलर र अनावश्यक कलहरुलाई ब्लक गर्न र अरु प्रयोगकर्ताले पनि थाहा पाउन भन्नका लागि रिपोर्ट गर्नका लागि पनि यो एप प्रयोग गर्न सकिन्छ ।

साथै स्थानीय वा विश्वभरीको कुनैपनि नम्बर कसको स्वामित्वमा छ भनेर पत्ता लगाउन यसले मद्धत गर्छ ।

ट्रयुकलर एप प्रयोगकर्ताले नम्बरमा टाइप गर्दा वा मिस कलबाट कपी गरेर ल्याउँदा वा सिधै सर्च बारमा टाइप गर्दा हुन्छ । यसले सेवाप्रदायक कम्पनी पनि सहजै पहिचान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment