+
+

यूनाइटेड सिमेन्ट्सले दियो निर्माणकर्मीलाई प्रशिक्षण

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २६ गते १५:५२

united-cements-training
२६ कात्तिक, काठमाडौं । यूनाइटेड सिमेन्ट्सले निर्माणकर्मीलाई लक्षित गरी भुकम्प प्रतिरोधात्मक निर्माण तथा रेट्रो फिटिङ सम्बन्धी प्राविधिक जानकारी गराएको छ ।

ललितपुरमा ठूलो संख्यामा राजमिस्त्री तथा ठेकेदार भेला गरी सो कार्यक्रम भएको छ । कार्यक्रममा निर्माणकर्मीलाई मजबुत निर्माण गर्न प्रेरित गर्ने तथा गुणस्तरीय निर्माण सामाग्री मात्र प्रयोग गर्नुपर्छ भन्ने सुझाव उद्योगले दिएको छ ।

उद्योगले निर्माणकर्मीको सम्मान स्वरुप सिमेन्ट उद्योग जगतमै पहिलो पटक विशेष योजना प्रारम्भ गरेको छ र यसले निर्माणकर्मीलाई थप उत्साह प्रदान गर्ने उद्योगको विश्वास रहेको छ ।

ललितपुरको लेलेमा अवस्थित आˆनै चुनढुंगा खानीबाट गुणस्तरीय चुनढुंगा उत्खनन् गरी ओपिसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको उद्योगको ‘यूनाइटेड सिमेन्ट’ ब्राण्डले नेपाल गुणस्तर चिन्ह प्राप्त गरी सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?