+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सप्ताहन्त बक्स अफिसमा कुन फिल्मको ओपनिङ कस्तो होला ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १४:१६

काठमाडौं । ‘बोक्सीको घर’को वेभ जारी रहँदा बिहीबार दुई नेपाली फिल्म रिलिज हुँदैछन् । अनमोल केसी स्टारर ‘फर्की फर्की’ र प्रदीप खड्का स्टारर ‘पुजार सार्की’ आउँदैछन् । शुक्रबार हलिउडको प्रतीक्षित ‘म्याड म्याक्स’ सिरिजको पछिल्लो श्रृंखला ‘फ्युरिओसा’ रिलिज हुँदैछ ।

एकातिर चलेका कलाकार समावेश नेपाली फिल्म, अर्कोतिर यस वर्षको प्रतीक्षित हलिउड फिल्म ‘फ्युरिओसा’ हलमा लाग्दैछन् । पछिल्ला सप्ताहन्तको व्यापार हेर्ने हो भने ‘बोक्सीको घर’को गति कम भइसकेको छैन । अहिले पनि मल्टिप्लेक्समा ५० प्रतिशतभन्दा तलको अकुपेन्सीमा ‘बोक्सीको घर’ चलिरहेको छ ।

अब प्रश्न उठ्छ– यी चार फिल्मलाई हलले कसरी शो विभाजन गर्नेछन् ? हलले बिहीबारको लागि ‘फर्की फर्की’ र ‘पुजार सार्की’लाई ५०-५० प्रतिशतको अनुपातमा शो बाँडेका छन् । शुक्रबार यी दुईसँगै म्याड म्याक्स र बोक्सीको घरले कति शो पाउनेछन् भन्ने कुरा रोचक हुनसक्छ ।

हुनसक्छ, यही जटिलताका कारण हलहरुले बिहीबार एकदिनको लागि मात्र शो खुलाएका छन् । हल सञ्चालक ‘फर्की फर्की’ र ‘पुजार सार्की’को प्रिमियरबाट आउने नतिजाको आधारमा सप्ताहन्तलाई शो बाँड्ने तयारीमा रहेको बुझिएको छ ।

फिल्मको व्यावसायिक भविष्यको लागि मुख्यतः स्टारभन्दा महत्वपूर्ण कुरा क्राफ्ट हो । शो संख्या र हाइप हेर्दा बुद्धजयन्तीको बिदाको दिनमा यी दुवै नेपाली फिल्मले ओपनिङ राम्रो गर्न सक्ने अनुमान छ ।

व्यावसायिक भविष्य भने दर्शकको ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ । यदि निर्देशक निश्चल बस्नेतले भनेजस्तै हुने हो भने ‘फर्की फर्की’को ओपनिङ आक्रामक हुनसक्छ ।

अर्कोतर्फ, कथावस्तु र क्राफ्टिङको कुरा गर्दा ‘पुजार सार्की’ पनि बक्स अफिसको अर्को प्लेयर हो । शुक्रबारको यी दुईको फिल्मको व्यापार ‘फ्युरिओसा’को ओपनिङ र ‘बोक्सीको घर’को कमाइमा पनि निर्भर हुनेछ । केही दिनअघि कान्स फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको फ्युरिओसाले राम्रै समीक्षा प्राप्त गरेको छ ।

नेपालमा म्याड म्याक्स सिरिजका फ्यान पनि प्रशस्तै छन् । दर्शकलाई रुचिको जनराअनुसार फिल्म हेर्ने सुविधा उपलब्ध हुने देखिन्छ । यस्तोमा आगामी सप्ताहन्त नेपाली बक्स अफिसमा त्रिकोणात्मक भिडन्त निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?