+
+
Shares

तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

तिहारको मैझारोसँगै आएको वर्षा रोकिएपछि उत्तरी हिमश्रृंखला खुलेका छन् । भाइटीका सकिँदै गर्दा बुधबार दिउँसो परेको वर्षाले मौसम नुहाएपछि नुवाकोटबाट माछापुच्छ्रेदेखि जुगल हिमाल खुलस्त देखिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २५ गते २१:०९

‎‎२५ कार्तिक, नुवाकोट । तिहारको मैझारोसँगै आएको वर्षा रोकिएपछि उत्तरी हिमश्रृंखला खुलेका छन् । भाइटीका सकिँदै गर्दा बुधबार दिउँसो परेको वर्षाले मौसम नुहाएपछि नुवाकोटबाट माछापुच्छ्रेदेखि जुगल हिमाल खुलस्त देखिए ।

एकैछिनको वर्षा रोकिएपछि घाम लाग्दा घमाइलो तिहारको अनुभूतिसमेत दियो ।

मौसम खुलेसँगै नुवाकोटको ककनी, शिवपुरी र बेलकोटगढीको बाघखोरबाट सेताम्मे हिमालहरूका सुन्दर दृश्य हेर्नलायक थिए । नेपालका हिमालहरूसँगै चीनको केरुङसम्मका हिमदृश्यहरू यहाँबाट अवलोकन गर्न सकिन्छ ।

नुवाकोटबाट नेपालका जुगल हिमाल, गणेश हिमाल, हिमालचुली, लाङटाङका साथै ८ हजार १५६ मिटर अग्लो मनास्लु र माछापुच्छ्रेसम्मका हिमालका दृश्य हेर्न सकिन्छ ।

यसका अतिरिक्त काठमाडौं उपत्यकाबाट पनि हेर्न सकिने दोर्जे लाक्पा, फुर्बी ग्याल्त्सो र गौरीशंकरजस्ता हिमालहरू पनि नुवाकोटबाट प्रस्टै देखिन्छन् ।

यस्तै, तिब्बततर्फ पर्ने विश्वको १४ औं अग्लो (८ हजार २७ मिटर) आशापुरी हिमाल पनि यहाँबाट हेर्न सकिन्छ ।

‎दसैँपछि तुँवालोले मौसम धुमिल बनाएपछि केहीदिन हिमाल देख्न पाइएको थिएन । तर, भाइटीकाको दिन परेको वर्षाले तिहारको बिदाइलाई रोमाञ्चक बनाएको छ ।

तस्वीरहरू : रामहरि गजुरेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?