+

इटलीको शानदार जित, तर स्पेन शीर्ष स्थानमा

२०७३ कात्तिक  २८ गते ८:०६ २०७३ कात्तिक २८ गते ८:०६
इटलीको शानदार जित, तर स्पेन शीर्ष स्थानमा

italy२८ कात्तिक, काठमाडौं । विश्वकप छनौट फुटबलमा इटलीले लिकटेन्स्टाइनमाथि ४–० को शानदार जित हात पारेको छ । तर, समूहको शीर्ष स्थानमा भने उक्लन सकेन ।

स्पेनले मासेडोनियालाई ४–० ले नै हराएको छ र इटलीलाई पछि पार्दै समूह जीको शीर्ष स्थानमा छ ।

लिकटेन्स्टाइनको घरेलु मैदानमा भएको खेलमा इटलीले चारै गोल पहिलो हाफमा गरेको थियो । उसका लागि बेलोटीले दुई गोल गरे भने कान्ड्रेभा र इमोबालिले एक एक गोल गरे ।

यस्तै घरेलु मैदानमा भएको खेलमा स्पेनले उपहार गोलबाट लिएको थियो । ३४ औं मिनेटमा भेल्कोस्कीले आत्मघाती गोल गरे । बाँकी तीन गोल भने दोस्रो हाफमा भयो । उसका लागि माचिन परेज, मोनरेआर र एडुरिजले गोल गरे । शनिबार राति नै भएको समूह जीकै अर्को खेलमा इजरायलले अल्बानियालाई ३–० गोल अन्तरले हराएको छ ।

समूह चरणको चार खेल सकिँदा स्पेन १० अंकका शीर्ष स्थानमा छ । समान अंक जोडेको इटली गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ भने इजरायल ९ अंकसहित तेस्रो स्थानमा छ ।

इटली विश्वकप छनौट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय