Comments Add Comment

बाँके र बर्दियामा बन्दको प्रभाव सामान्य

nepalgunj-pushpalal-chwok

२८ कात्तिक, नेपालगन्ज । विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दले बाँके र बर्दिया जिल्लामा सामान्य प्रभाव पारेको छ । बन्दका कारण विद्यालय तथा कलकारखाना प्रभावित भएका छन् । नेपालगन्जबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न नसके पनि मोटरसाइकल र ईरिक्सा भने सञ्चालनमा आएका छन् । पसलहरु पनि फाटफुट खुलेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईले बन्दको प्रभाव सामान्य रहेको र कुनै अप्रिय घटना नभएको जानकारी दिए ।

यसैगरी जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर बोहराले बन्दले सामान्य असर परेको बताए । उनका अनुसार बर्दिया भित्रने लामो दुरीका गाडिहरुलाई बिहान स्कर्टिङ गरी गन्तव्यमा पुर्‍याइएको छ ।

nepalgunj

गुलरियाबाट बिहान राजापुरको लागि गाडि छुटेको र कुनै अप्रिय घटना नभएको उनले बताए । उनका अनुसार गुलरिया बजारका पसलहरु बिहान बन्द रहे पनि अहिले खुल्ने क्रम बढ्दो छ । मोटरसाइकल, ईरिक्सा लगायतका सवारी साधन पनि सञ्चालनमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment