Comments Add Comment

आइएमई ‘रेमिट्यान्स कम्पनी अफ द इयर-२०१६’ बाट सम्मानित

ime-samman

२८ कात्तिक, काठमाडौं । आइएमई लिमिटेड ‘सर्बोत्कृष्ट रेमिटेन्स कम्पनी २०१६’ बाट सम्मानित भएको छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोष्ट एण्ड सुलिभानले आइएमईलाई उत्कृष्ट रेमिट्यान्स कम्पनिबाट सम्मान गरेको हो ।

‘विकास, अन्वेषण र नेतृत्व सम्मेलन-२०१६’ को समापनको अवसरमा काठमाडौंस्थित सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा आइएमईको तर्फबाट प्रवन्ध निर्देशक हेमराज ढकालले सम्मानपत्र ग्रहण गरे ।

व्यावसायीक क्षेत्रको प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत फ्रोष्ट एण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायिक प्रतिष्ठानलाई यस्तो सम्मानबाट सम्मानित गर्दै आएको छ ।

आइएमईले १६ वर्षदेखि मुलुकका ७५ जिल्लाका ५ हजार २ सय भन्दाबढी सव-एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तहरुलाई बितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment