Comments Add Comment

विश्वकप छनौटमा बेल्जियमको शानदार जित, इस्टोनिया ८-१ ले पराजित

belgium

काडमाडौं । सन् २०१८ मा रुशमा हुने विश्वकप फुटबल अन्तर्गत युरोपेली छनौटमा बेल्जियमले इस्टोनियामाथि शानदार जितहात पारेको छ ।

घरेलु मैदानमा निक्कै खतरनाक देखिएको बेल्जियमले इस्टोनियाको पोष्टमा ८ गोल गर्न सफल भयो । बेल्जियमका लागि रोमेलु लुकाकु र ड्राइज मार्टिनले दुई दुई गोल गरे ।

त्यस्तै इडेन हाजार्ड, मुनिर र कारास्गोले पनि एक एक गोल गरे । इस्टोनियाका रेञ्जर क्लाभानले आत्मघाती गोल गरे ।

इस्टोनियाका लागि हेनरी अनिरले सान्त्वना गोल गरे ।

छनौटको समूह एचमा रहेको बेल्जियम समूहको एकमात्र अपराजित टोली हो । चार खेलबाट १२ अंकसहित उ समूहको शीर्ष स्थानमा छ । यो समूहमा ग्रीस १० अंकसहित दोस्रो स्थानमा छ ।

गएरातिनै भएको खेलमा ग्रीसले बोस्निया एण्ड हर्जगोभिनासँग एक एक गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment