Comments Add Comment

प्रचण्ड र मोदी हटलाइन वार्ता, नेपालमै भारु सटहीको व्यवस्था गर्न आग्रह

prachanda-and-modi

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

भारु ५०० र १००० माथि लागेको प्रतिबन्धलाई लिएर प्रचण्डले भारतीय समकक्षी मोदीलाई सोमबार फोन गरेका हुन् । यो निर्णय राम्रो भएको भन्दै उनले मोदीलाई बधाई दिएका छन् । साथै नेपालीलाई परेको समस्या सम्बोधनका लागि आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भारतमा काम गर्ने नेपालीहरुले भारु नै ल्याउने गरेको भन्दै उनले नेपालका ग्रामिण र दुर्गम क्षेत्रमा सर्वसाधारणसँग ठूलो मात्रामा भारु रहेको बताए । तिर्थयात्रा गर्न, औषधि उपचार गर्नदेखि अध्ययन गर्न समेत भारतीय रुपैयाँ सञ्चित गर्ने प्रचलन रहेेको भन्दै उनले त्यस्तो रकम सटही गर्न जरुरी रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले नेपालीहरुसँग रहेको ५०० र १००० भारु साट्ने र आफ्नो बैंक खातामा जम्मा गर्ने व्यवस्था नेपालमै गर्न मोदीलाई आग्रह गरेको स्रोतले जनाएको छ ।

जवाफमा मोदीले सकारात्मक जवाफ दिएका छन् । यसअघि अर्थमन्त्री कृष्णबहादुर महराले भारतीय समकक्षी अरुण जेट्लीसँग पनि टेलिफोनमा कुराकानी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment